नाग्मगमडी सडक निमार्णमा भएको ढिला सुस्ती बुझ््दै सांसद महत ।

दिलमाया शाही
जुम्लाको सिँजा क्षेत्रका स्थानीयले नाग्म गमगडी सडक खण्डमा भएको ढिलासुस्तीको बारेमा बुझ्न सांसद महत डिबिजन सडक कार्यालयमा पुगेका थिए । उनले आधा काम गरेर भाग्ने ठेकेदारलाई तत्काल कार्वाही गर्न माग गरे । तीन बर्ष अघि ठेक्का सम्झौता भएर ७ किलोेमिटर पनि सडकको काम समयमै सम्पन्न नगर्ने ठेकेदार बहादुरसिंह लामालाई तत्काल कार्वाहीको दायरामा ल्याउन माग गरेका हुन । नाग्म देखि १३ किलोमिटर माथिको सडकमा बाँकीरहेको ७ किलोमिटर सडक तत्काल बनाउनको लागि ठेकेदारलाई ताकेता लगाउन आग्रह गर्दै नेकपा कर्णाली प्रदेश कमिटिका सदस्य पुर्णप्रसाद धिताल र सांसद महत डिभिजन सडक कार्यालय पुगेका हुन । कामै नगरी भाग्ने ठेकेदार बहादुरसिंह लामा नेपाली काँग्रेसका सांसद हुन् ।
तत्काल स्तरउन्नतीको काम गर्न नसकेको खण्डमा ठेकेदारको फर्म नै कालोसुचीमा राख्नु पर्नेमा सिजाका स्थानियले जोड दिएका छन् । नाग्म गमगढी राजमार्गमा भएको ढिलासुस्ती र गुणस्तरहिनताको बिषयमा सिँजाका जनताले आन्दोलन गर्ने चेतावनी दिएका छन ् । डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख ई लिला बहादुर भण्डारीले भने सडक स्तरउन्नतीको कामलाई तिव्रता दिन ठेकेदारलाई ताकेता लगाएको बताए । प्रयाप्त बजेट आउदै आएको बजेट सदुपयोग हुदैन। ठेक्का सम्झौता गर्ने ठेकेदारले काम गर्दैन । जासको फार्म उसको मेसिन हुदैन जस्को ,मेसिन उसको फोर्म दर्ता हुदैनन । सरकारले पनि भुगोलको आधारमा बजेट बिनियोजित गदैनन प्रमुख भण्डारीले भने ,नाग्म गमगढी सडकको लागी २३ कारोड १३ लाख बजेट अभाव छ । जुम्ला हिमाली भेग भएकाले पनि एक वर्षमा मिस्किलले ६ महिना काम हुन्छ । जसको कारणले पनि बिकास गर्न समस्या छ । नाग्म गमगढी सडक खनेको १२ बर्ष पुगिसक्दा पनि सडकमा जग्गा परेका जनताले मुआब्जा नपाएकोले अबिलम्व मुअब्जा नपाएको गुनासो समेत गरेका छन।े ग्राभेलको प्राविधिक चेकजाँच गर्नुपर्ने,चालु आर्थिक बर्षमै नाग्म देखि गमगडी सम्मको ९३ किलोमिटर सडक ग्राभेल गरिनु पर्ने हो तर बर्खामा हिलो र हिउदमा धुलोले यात्रुलाइ हरान बनाएको छ ।ठेक्का लिनेले मात्र काम गर्नुपर्ने, ठेक्का खरिद बिक्री गर्न नहुने र ठेक्का खरिद विक्रि गर्नेको ठेक्का तत्काल रद्ध गर्नु पर्ने सिँजाबासीले माग गरेका छन ।नाग्म गमगडी सडकको गुनासो सुनिसकेपछि सांसद महत आफै डिभिजन सडक कार्यालय पुगेका थिए । उनले नाग्म गमगडी सडकका बिषयमा ढिलासुस्ती गर्नेलाई कारबाहि गर्न समेत माग गरेका छन् ।
टुक्रे आयोजना कर्णालीको विकासको बाधक ।

कर्णालीका बिकासको बाधक नै टुक्रे आयोजना भएको प्रतिनिधीसभा सांसद गजेन्द्रबहादुर महतले बताए । उनले कर्णालीमा विकास निर्माणमा भएको ढिलासुस्ती लगायतका गतिविधिको अबस्थाको मुल्याङकन गरि यस्तो बताएका हुन । उनी भन्छन कर्णाली लागी टुक्र बजेट आउछ त्यो बजेट पनि सम्बन्धीत ठाउमा पुग्दै सक्छि । कर्णालीको बिकास संघिय सरकारको प्रथामिकतामा पर्दैन । गौरबका आयोजना कर्णालीमा पर्दैनन ,।बजेट अभावनै कर्णाली विकासको बाधक भएको सांसद महते बताए । संघिय सरकारले भूगोलका आधारमा बजेट दिनुपर्ने जुम्ली जनताले माग गरेका छन् ।कर्णालीमा स्वास्थ्य,शिक्षा, रोजगार देखि पूर्वाधार विकास अलपत्र अबस्थामा पर्दा समेत सरकारले बजेट विनियोजनमा कुन्जुसाई गरेकै छ । कारण कर्णालीको बिकासले अझै पनि काँचुली फेर्न सकेको अस्था छैन ।मृत्यु राजमार्ग भनेर कर्णाली राजमागको नामकरण भएको छ । ,कर्णाली करिडोर,नाग्मगमडी सडकको अबस्था दशर्कौदेखि दर्दनाक छ । कर्णालीलाई भूगोलका आधारमा बजेट छुटाउन यहाका नागरिकले सरकारलाई अपिल गरेका छन । कर्णालीलाई समानताको आधारमा नभई समतामुलक भूगोलका आधारमा बजेट आवश्यक रहेको छ ।