कर्णालीमा लोप हुन लागेको मौलिकपनको संरक्षण गर्न चारदुना नौ’ टेलि श्रृखला छायांकन हुदै,।

दिलमाया शाही जुम्ला 
जुम्लाको खष सांस्कृतिमा आधारित टेलि श्रृखंला जुम्लामा छायांकन हुदै छ । जुम्लाको खष संस्कृति, कला,परम्परा,छाउप्रथा,जारी प्रथा,जातीय विभेद तथा ऐतिहासिक पर्यटकिय स्थलहरुको प्रर्बद्धन तथा प्रचारमा आधारित (चार दुना नौ) नामक टेलिश्रृखंला जुम्लामा छायाँकन हुन लागेको हो ।कर्णालीको बास्तविक जिबनशैली आफ्नै मौलिक पन झल्किने प्रकारको छ । यसको विशेषता पनि बग्लै छ । कर्णालीका स्थानियले लागएको पोसाक देख्दा वा हेर्दा कर्णाली भन्दाका बाहिरका मान्छेहरुलाई लाग्न सक्छ, यी मान्छेहरु कुन युगमा छन् । र के लागाईरहेका छन् ? पहिलाका मानिसले कुनै उद्योग बाट नभई आफ्नै हातले बुनेका र बनाएका पहिरनले आफ्नो ज्युउलाई छोप्ने गथ्र्ये । तर पछिल्लो समयमा त्यस्ता खालका पहिरन लोप हुदै गएको खेखिन्छ । तेतिमात्रै होइन नेपाली भाषाको जननी भूमि खस राज्य जुम्लाको सिंजा खस सव्यता स्ंकटमा परेको छ । संरक्षणको अभावमा संकटमा परेको हो ,।

बाईसे र चौबीसे राज्यको पालमा जुम्लाको खस राज्य सिंजा एक बलियो राज्य भएको इतिहासमा पनि उल्लेख भएको पाइन्छ । नेपाल एकिकरण अभियानमा लागेका नेपालका एक मात्र देश निर्माता पृथ्वी नारायण शाहलाई पनि खस राज्य सिंजा जुम्ला जित्नको लागि हम्मे हम्मे परेका्े पाईएको छ ।सम्भावनाले भरिपूर्ण ‘कर्णाली’ आजको वर्तमान विश्व मानचित्रमा गरिब, पछौटेपन, रोग, भोग र परनिर्भरताको पर्यायका रूपमा खडा गरिएको र ‘मागी खाने भाँडोे’ बनाइउको छ जुन कर्णालीको लागि दुभाग्य नै हो ।

त्यसको जिम्मेवार हाम्रा राज्यसत्ता, राजनीतिक पार्टी र एनजीओ र आईएनजीओहरू नै हुन,। कर्णालीको भव्यता र समवनालाई कालो पर्दामा लुकाएर जबर्जस्त मगन्ते बनाउने कारकतत्वहरुहुन । यस क्षेत्रको भाषा, संस्कृति र सभ्यताका साथै ऐतिहासिक वैभव र विरासत नामेट गर्ने प्रपञ्चबाट पे्ररित भएको देखिन्छ। पछिल्लो समय जुम्लामा परापूर्व काल देखि लगाउदै आएको आफ्नो मौलिक पहिरनलाई कर्णाली बासीले २१ औँ शताव्दीमा आएर आफ्नो मौलिक पनलाई हराएर पश्चिमेली संस्कृतिलाई अंगाल्दै आफ्नो संस्कृतिलाई विर्सिएको बुढापाखाहरुको भनाई रहेको छ । विज्ञान र प्रविधि युग सम्म आई पुग्दा कर्णाली बासीले म को हुँ भन्ने परिचय नै गुमाई सकेका छन् ।

आज भोली कर्णाली वासीको आफनै पहिरन पहिलेका बाजे बराजुले मात्र लागाएको पाईन्छ । यसले गर्दा कर्णाली वासीको आफ्नै मौलिक पहिरन लोप भईसकेको छ । पछिल्लो समय जुम्लामा परापूर्व काल देखि लगाउदै आएको आफ्नो मौलिक पहिरनलाई कर्णाली बासीले २१ औँ शताव्दीमा आएर आफ्नो मौलिक पनलाई हराएर पश्चिमेली संस्कृतिलाई अंगाल्दै आफ्नो संस्कृतिलाई विर्सिएको बुढापाखाहरुको भनाई रहेको छ ।

विज्ञान र प्रविधि युग सम्म आई पुग्दा कर्णाली बासीले म को हुँ भन्ने परिचय नै गुमाई सकेका छन् । आज भोली कर्णाली वासीको आफनै पहिरन पहिलेका बाजे बराजुले मात्र लागाएको पाईन्छ । यसले गर्दा कर्णाली वासीको आफ्नै मौलिक पहिरन लोप भईसकेको छ । जुम्लामा छायाँकन हुने चार दुना नौ नामक टेलिश्रृखलांको दोस्रो चरण जुम्लामा छायांकन हुन लागेको निर्देशक छेडुप लामाले बताए । उनले भने, “जुम्लामा ३ भाग छायांकन हुने छन् । यहाँका आठै स्थानीयतहका पर्यटकिय गन्तव्यको प्रर्बद्धन सहित खष संस्कृतिमा आधारित सबै कुरा समाबेश गरिने छ ।भने चौथो भाग मुगुको रारातालमा पुगेर छायाँकन हुने भएको छ ।
जुम्लाको छुमचौर,गुठिचौर पाटन,चन्दननाथ भैरबनाथ मन्दिर,तातोपानी धारा,हिमाको काँठेपुल,पाण्डवगुफा लगायतका सबै ऐतिहासिक पर्यटकिय स्थलहरुलाई चार दुना नौ टेलि श्रृखलामा समेटिने निर्देशक लामाले उल्लेख गरेका छन । उक्त श्रृखलंगाको लेकख रेशम बुढाथोकी, निर्माता गणेश तामाङ र कर्म डि लामा रहेका छन् ।त्यस्तै , उक्त श्रृखलाको मुख्य पात्रमा बरिष्ठ हास्य कलाकार राजाराम पौडेल रहेका छन् ।

टेली श्रृखलामा जुम्लाका कलाकार गोविन्द सुनार लगायत अन्य रहेका छन् ।त्यस्तै जुम्लामा विगत एक दशकदेखि कला क्षेत्रमा होमिएका सुनारले राष्ट्यि कलाकार संग टेलिश्रृंखलामा अभिनय गर्ने अबसर पाएको भन्दै जिससका उपप्रमुख कार्मा बुढाले खुसी व्यक्त गरेका छन । उनले भने जुम्लाकोे खष सँस्कृतिलाई प्रबृद्धन गर्न, ऐतिहासिक पर्यटकिय स्थलको संरक्षण गर्न टेलिश्रृखलाले महत्वपुर्ण भुमिका खेल्ने छ । कलाकार गोविन्द सुनारले भने सधै पूर्वेली संस्कृति परम्परा मात्रै सबैले देख्ने कर्णालीको नदेख्ने अबसर नपाउने छ । ,त्यसैैले समन्वय गरेर चारदुना नौको टेली श्रृखला जुम्लामा छायांकन हुन लागेको बताए।

गुठिचौर गाउँपालिका अध्यक्ष हरि बहादुर डाँगीले खष संस्कृति प्रर्बद्धनका लागि छायांकन हुन थालेको टेलिश्रृंखलाको सफलताको शुभकामना दिएएका छन । उनले गुठिचौर गाउँपालिकाले गर्नु पर्ने आबश्यक सहयोगका लागि पनि तयार रहेको बताए ।स्थानीय कलाकारपनि अबसर पाउने र खष संस्कृतिको पनि प्रर्बद्धन हुने भएकाले आबश्यक सहयोग गर्न सबैमा अपिल गरिएको छ । बरिष्ठ कलाकार राजाराम पौडेलले भने काठमान्डौबाट सोचेको कल्पना गरेको जुम्ला र बास्तविक जुम्ला ठयाक्कै उल्टो पाएको बताए । उनले अर्गानिक जिल्लामा गोविन्द सुनार जस्ता अर्गानिक अभिनय गर्ने कलाकार संग संगै काम गर्न पाउँदा गर्व लागेको समेत उल्लेख गरे । यहि २२ गतेबाट जुम्लामा चारदुना नौ नामक टेलि श्रृखलाको छायाँकनहुने छ ।
अव कर्णालीका नयाँ पुस्ताले आफ्नो मौलिक पहिरनलाई जोगाउनको संरक्षणमा लाग्नु पर्ने वेला आएको छ । नेपालीपन झल्काउने पहिरनको सवैले आफ्नौ स्थान बाट संरक्षण गर्नु पर्ने वेला आएको हो । कर्णाली कला, भाषा, साहित्य, संस्कृति, पहिरन ,पर्यटन, भूगोल र पुराचात्विक क्षेत्रले चिनिने गरेको पाईन्छ । यिनै क्षेत्रको बिकास गर्न सिंजा सभ्यता विकास ऐन मास्यौदा तयार गर्न आवश्यक रहेको छ । संजा सभ्यतालाई सामान्य ढंगले चित्रण गर्न सम्भव छैन । यस बारे स्थानिय सरकार प्रदेश सरकारको पहल महत्वपूर्ण हुने जुम्लाका अगुवा नागरिक हरुले बताएका छन ।

सम्बन्धित समाचार