जुम्लामा गाडीको ठक्करबाट बालक गम्भीर घाइते

 

जुम्ला सदरमुकामबाट गुठिचौर गाउँपालिका–३ गज्याङकोटतर्फ जाँदै गरेको गाडीले ६ वर्षीय मुकेश बुढ़ालाई ठक्कर दिएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन बाबु रेग्मीका अनुसार ठक्कर दिने चालक भने फरार छन्। घटना भएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको र चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार