भारतको धराली बाढीमा जुम्लाका जनक बहादुर शाही बेपत्ता
जुम्ला । तिला गाउँपालिका–३ हितानवाडा निवासी ४४ वर्षीय जनक बहादुर शाही भारतको उत्तराखण्ड राज्यकाे उत्तरकाशी जिल्लास्थित धरालीमा बाढीमा परेर बेपत्ता भएका छन्।
तिला गाउँपालिका–३ का वडा अध्यक्ष धन बहादुर शाही द्वारा जिल्ला प्रशासन कार्यालय, जुम्लामा पठाइएका सिफारिस पत्रअनुसार, शाही रोजगारीको सिलसिलामा धरालीमा होटल व्यवसाय गर्दै आएका थिए। गत साउन २० गतेको अविरल वर्षापछि आएको बाढीले सो क्षेत्र प्रभावित पार्दा उनी बेपत्ता भएको जनाइएको छ।
घटनापछि परिवारले खोजतलास र राहतको लागि आग्रह गर्दै औपचारिक निवेदन दर्ता गराएका छन्। वडा कार्यालयले पनि खोजतलासका लागि जिल्ला प्रशासन कार्यालय, जुम्लामा अनुरोध पत्र पठाएको छ।
वेपत्ता शाहीकी धर्मपत्नी गीता कुमारी सिंहले श्रीमानको कि त साह, कि त लास ल्याई दिनु अनुरोध गरेकी छन । उनी अहिले पीडादायी अनुरोध गरेकी छन्। उनले आफू अहिले अत्यन्त मानसिक पीडामा छन्।









