सम्पर्कविहीन नेपाली नागरिकको खोजीमा सहयोगका लागि हार्दिक अनुरोध
श्रावण २० गतेको बाढीपछि भारतमा हराएका जनक बहादुर शाही अझै सम्पर्कविहीन
जुम्ला, रोजगारीको सिलसिलामा भारतको उत्तराखण्ड प्रदेश अन्तर्गत उत्तरकाशी जिल्लाको धराली क्षेत्रमा होटल व्यवसाय गर्दै आउनु भएका जुम्ला जिल्ला तिला गाउँपालिका–३ निवासी ४४ वर्षीय जनक बहादुर शाही, वि.सं. २०८२ साल श्रावण २० गतेको भीषण बाढीपछि हालसम्म सम्पर्कविहीन रहनु भएको छ।
श्री शाही श्रावण २० गते आएको बाढीपछि बेपत्ता हुनु भएको र त्यसयता उहाँको कुनै जानकारी नआएको परिवारजनले जनाएका छन्।
उहाँको खोजी, उद्धार तथा आवश्यक सहयोगका लागि नेपाल सरकारका सम्बन्धित निकायहरू, भारतस्थित नेपाल राजदूतावास, नेपालस्थित भारतीय दूतावास, सुरक्षासंस्थाहरू, सञ्चारकर्मी, सामाजिक संघ–संस्थाहरू र सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गरिएको छ।
सम्पर्क विवरण:
पदम बहादुर शाही
सहायक क्याम्पस प्रमुख
जुम्ला बहुमुखी क्याम्पस, जुम्ला
मोबाइल: ९८४८१६३२६९









