चन्दननाथ मन्दिरमा दिउँसै दानपेटी चोरी,सीसी क्यामरामा कैद
जुम्ला बजार क्षेत्रमा चोरीका घटना बढ्दै गर्दा, धार्मिक स्थलमा समेत अब चोरी सुरु भएको देखिन्छ। चन्दननाथ मन्दिरमा दिउँसै दानपेटी भित्रको रकम चोरेको पुष्टि भएको सिटिभिको फुटेजमा कैद भएको हो ।
त्यस्तै मन्दिरका व्यवस्थापक रत्नप्रसाद आचार्यका अनुसार, एक अज्ञात व्यक्तिले फलामको रट प्रयोग गरी दानपेटी भित्रको सानो रकम निकाल्दै गरेको दृश्य सीसी क्यामरामा कैद भएको छ। उनले घटनाबारे प्रहरीलाई जानकारी दिइएको बताए ।
त्यस्तै प्रहरी नायव उपरीक्षक रविन बाबु रेग्मीले घटनाबारे जानकारी आएको बताए ।उनका अनुसार सुरक्षा निगरानी कडा पार्न निर्देशन दिइएको छ । मन्दिरको दानपेटीकाको चोरी गर्ने मान्छेको खोजी कार्य भइरहेको छ । स्थानीय बासिन्दा र भक्तजनहरू दिउँसो नै यस्तो घटना हुनुमा अच्चमीत भएका छन्। विशेषत मन्दिर खुला अवस्थामा र मानिसको आवतजावत भइरहँदा पनि चोरी हुनुले सुरक्षा चुनौती थपिएको छ ।
जुम्ला बजार क्षेत्र अपराध न्यूनीकरणमा समस्या भोग्दै आएको छ। मुख्य कारण भनेको बजार क्षेत्रमा सिसीटिभी क्यामराको नहुनु भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, बजार क्षेत्रमा हुने चोरी, झगडा तथा अन्य आपराधिक घटनाको छानबिन गर्न सिसीटिभीको अभावले प्रहरीलाई ठूलो चुनौती बनेको छ। स्थानीय व्यापारी र नागरिकहरू पनि सार्वजनिक सुरक्षाको निम्ति सिसीटिभी जडानको आबश्यक छ ।









