जुम्लामा लागू औषध दुरुपयोगविरुद्धको साप्ताह कार्यक्रम (फोटो फिचर )
जुम्ला : लागू औषध दुरुपयोगविरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ जुम्लामा ‘लागू औषध दुरुपयोगविरुद्धको साप्ताह’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। जिल्ला प्रशासन कार्यालय,जुम्लाका अनुसार, जुन २० देखि २६ अर्थात असार १२ गते सम्म विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी उक्त साप्ताह मनाइएको हो।
त्यस्तै कार्यक्रमको समापन अवसरमा बोल्दै जुम्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले लागू औषधको बढ्दो समस्याले विशेषगरी युवापुस्तालाई गम्भीर संकटमा पारेको बताए। उनले समाजका सबै तह र तप्काबाट लागूपदार्थ विरुद्ध अभियान सञ्चालन गर्न आह्वान गरेका छन । उनले यस्ता कार्यक्रमहरूमा प्रहरी, सरकारी निकाय, गैरसरकारी संस्था, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानिय बासिन्दाहरूको सक्रिय सहभागिता अझै बढाउन आवश्यक रहेको बताए।
प्रजिअ शर्माले लागू औषधविरुद्धको अभियानलाई केवल औपचारिकतामा सीमित नराखी दीर्घकालीन रूपमा निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए।“युवाशक्ति नै राष्ट्रको मेरुदण्ड हो, त्यसैले उनीहरूलाई लागूपदार्थको दलदलबाट जोगाउन अहिलेको चुनौतीको बिषय बनेको छ ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले साप्ताह अवधिमा विद्यालय, समुदाय र सार्वजनिक स्थानहरूमा पोस्टर प्रदर्शनी, प्रभातफेरी तथा सामाजिक सञ्जालमार्फत जनचेतनामूलक सन्देशहरू प्रवाह गरिएको जानकारी दिए।उनका अनुसार यो अभियानमा प्रहरी सहित सरकारी निकाय, गैरसरकारी संस्था तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उनले लागू औषधको समस्याको समाधान प्रहरीको प्रयासले मात्र सम्भव नहुने बताउँदै, सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।जिल्ला प्रशासन कार्यालय जुम्लाको आयोजनामा स्वास्थ्य,सभ्य र सुरक्षित समाजकको प्रतिबद्धता,लागु औषध दुरुपयोग बिरुद्ध ऐक्यबद्धता,भन्ने मुल नाराका साथ सूरु भएको यो कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै युवालाई लागूपदार्थबाट जोगाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ