जुम्लामा छुट्टै कोभिड अस्पताल आबश्यक

जुम्लामा कोभिड अस्पताल आबश्यक रहेको सरोकारवालाले बताएका छन । जिल्ला प्रशासनले आयोजना गरको अन्तराष्टिय बिपद जोखीम न्युनिकरण दिवसको अवसरमा उनीहले यस्तो बताएका हुन उपचारमा आउने सबै खालका बिरामीलाइ सहज बनाउन छुट्टै खालको कोभिड अस्पताललाई बनाउन आबश्यक भएको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलले बताए । उनले भने कोरोनाको महामारीले गर्दा अन्ये बिरामीले उपचार पाउन नसकेको गुनासोलाई मध्यनजर गर्दै कोभिडको अस्पताल बनाउन आबश्यक छ । प्रशासनले अन्तराष्ट्रीय बिपद, जोखीम न्युनिकरण दिवसको अवसरमा संचेतना तथा अन्तरत्रिलया कार्यक्रम गरेको छ ।

प्रशासनले यही २७ गते अर्थात अक्टोवर १३ तरिकमा परेको अन्तराष्ट्रीय बिपद जोखीम न्युनिकरण दिवसको अवसरमा तापाँइको मास्क खोइ कर्याक्रम संञ्चालन गरेको हो । जिल्ला प्रशासन कार्यालयले कोरोनाको महामारीलाई मध्यनजर गर्दै घरदैलोमा पुगेर ताँपाइको मास्क खोइ भन्ने कार्यक्रम संञ्चालन गरेको हो ।प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने कोरोनाको महामारीले बिश्वनै थला परेको बेला बिपद सम्बन्धी काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाले कोरोना भाइरसको संक्रमण जोखिम न्युनिकरण,रोकथाम,नियन्त्रणका लागी भोग्दै आएका चुनौती आगामी दिनका बारेमा अपनाइएका रणनितीका बारेमा अन्तक्रिया गरेका छन । पेस नेपाल किडार्क नेपाल नेपाल रेडक्रस शोसाइटी र प्रशासनले कोभिडले निम्त्याएका समस्या र यस बाट बच्नाका लागी अपनाइएका सवाधनीका बिषयमा अन्तरक्रिया कार्यक्रम गरेका छन। साथै कोरोना भाइरसको संक्रमण जोखिम न्युनिकरण,रोकथाम,नियन्त्रणमा अग्रपंतीमा खटिएर काम गर्ने संस्था र ब्यक्तिीलाई सम्मान गरिएको छ ।