कर्णाली प्रदेशको नेकपामा देखिएको सङ्कट समाधानको दिशामा ।

कर्णाली प्रदेशको नेकपामा देखिएको राजनीतिक शङकट समाधानको दिशामा अघि बढेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सात जना प्रदेशसभा सदस्यहरु पछि हटेपछिराजनीतिक शङ्कट तत्कालका लागगि टरेको हो । मुख्यमन्त्री शाही र ७ जना सांसदहरुबिच सहमति भइसकेको छ । सहमति अनुसारे तीनजना मन्त्री र एक जना संसदीय दलको सचेतक असन्तुष्ट समूहले पाउने भएको छ ।

छलफलमा सहभागी एकजना प्रदेशसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्यले सैद्धान्तिक सहमति भएको बताए ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी कालीकोटबाट निर्वाचित सांसद कुर्मराज शाहीले पाउनुभएको छ ।संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजो माधब नेपाल समूहका नेताहरुको सहमतिअनुसार कुर्मराजलाई सचेतकमा नियुक्त गर्नुभएको हो ।यसअघि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक रहेकी सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गर्नुभएको थियो ।सचेतक रहेकी नेपालीले प्रमुख सचेतकको जिम्मेवारी पाएपछि खाली भएको ठाउँमा मुख्यमन्त्री शाहीले मंगलबार कुर्मराजलाई नियुक्त गर्नुभएको हो । गत आइतबार गुलाबजङ्ग शाहलगायत १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।