जुम्लाको ओदीगाउलाई नमुना बस्ती बनाउने ः मन्त्री केसी
दिलमाया शाही जुम्ला
हिमागाउपालिका वडा नम्वर दुईमा रहेको ओदी गाउलाई नमुना बस्ती बनाउने कर्णाली प्रदेशका प्रवक्ता तथा भुमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसीले बताएकी छन । उनले प्रदेशको भुमि व्यवस्था तथा कृषि सहकारीमन्त्रालय अन्तरगत्त पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले संञ्चालन गरेको लामा बिष्ण भेडा स्रोत केन्द्रको अनुगमान कार्यक्रममा यस्तो बताएकी हुन ।उनले भनिन ओदीगाउको अगार्निक उत्पादनलाई व्यवस्थित बनाइ त्यहाका स्थानियको आर्यआर्जन गर्ने प्रमुख थलो बनाइने छ ।उनले उनले भनिन आलु , फापर , लसुन र स्याउ लागायको पकेट क्षेत्र ओदी गाउलाई कोल्डस्टोरको खाँचो भएको औल्याइन् । कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतका योजना अनुगमनका शिलशिलामा जुम्ला पुगेकी मन्त्री केसीले कोल्डस्टोरको ब्यवस्थापन गर्दा नागरिकले गरेको उत्पादन भण्डारण गर्न सहज हुने बताइन । उनले भनिन ,यसले गर्दा स्थानीय उत्पादनको भण्डारण र बजारीकरणमा ठुलो सहयोग मिल्ने छ । उनले कृर्षिका क्षेत्रमा काम गर्न निकायलाई हरेक पालिकामा एक देखि दुई सय मेट्रिकटन सम्म स्थानीय वस्तु अटाउने गरि कोल्डस्टोरको सम्भाव्यता अध्ययन गर्न समेत निर्देशन दिइन । अधिकांस कार्यक्रम किसानलाई फाइदा पुग्ने गरि निजी क्षेत्र संग सम्झौता गर्ने बताइन ।
कृर्षीका रहेक कार्यक्रम किसान मैत्री बनाइने ।

हिमा गााउपालिका दुइमा रहेको भेडा स्रोत केन्द्रको अनुगमान गर्न ओदीगाउको बस्तीमा पुगेकी मन्त्री केसीले अबका बर्ष कृषि कार्यक्रम कसिान मैत्री बनाउँदै लैजाने बताइन् । उनले भनिन ,कर्णाली प्रदेशमा भुमि व्यवस्था तथा कृषिमन्त्रालयको कामकाजको स्थिती सन्तोषजनक नै छ । उनले भनिन कृषि क्षेत्रमा धेरै सुधार गर्नु पर्ने छ । जति धेरै काम गर्यो उति धेरै चुनौतिको सामाना गरिरहनु परेको छ । उनले भनिन ्,‘जब सम्म कृषि कार्यक्रममा संघीयता आएको महसुस गर्ने गरि काम हुदैन तब सम्म किसानको जिनवस्तर माथी उठाउन सकिदैन मन्त्री केसीले भनिन ,,।जव सम्म प्रभावकारी सेवाप्रवाह हुन सक्दैन् । तब सम्म किसानले अपनत्व अनुभव गर्न पाउने छैनन् ।
हरेक कार्यक्रमको अनुगमनमा कडाइ गरिने

मन्त्री सेकीले आगामी बर्षदेखी मन्त्रालयबाट संञ्चालन भएका हरेक कार्यक्रमको अनुगमनमा कडाई गरिने छ । संभावव्यता अध्ययन विना कार्यक्रम गर्दा उचित हुदैनन नागरिको माग र आबश्यताको आधारमा कार्यक्रम गर्दा निम्न वर्गका किसानको जिविका पार्जनमा सहज पुग्ने बताइन । मन्त्री केसीले भनिन ्,‘जुम्लाको कृषि क्षेत्रको महत्वलाई मन्त्रालयले बुझेको छ । यो बर्ष गत बर्षका समस्यालाई समयमै समाधान गर्छौ । मन्त्री केसीले सुचना आदानप्रदानको प्रक्रियालाई सहज र व्यवस्थित बनाउन निर्देशन गरिन् । योजना निर्माण गर्दा माग र आवश्यकताका आधारमा निर्माण गर्नुस । अनुहार हेरेर गरिएको विकासले परिवर्तन संभव नहुने बताइन । किसानको घरदैलोमा रमाउनुस । दुरदराजका किसान सम्म कृषि सन्देश पुर्याउनुस ।अब क्षमता विकास र अध्ययन भम्रणको खाँचो छ । मन्त्री केसीले राष्ट्यि पर्यटन गन्तब्य डुंडुल चैत्य,फुजी स्याउको बगैचा अवलोकनका साथै कृषि र पशु सेवा कार्यालयका कर्मचारी संग भेटघाट र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अन्तरक्रिया कार्यक्रममा भएकी थिइन ।









