मुम्बई इण्डियन्सआईपीएल टी ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा ।

साविकविजेतामुम्बई इण्डियन्स युएईमाजारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटको शीर्ष स्थानमाउक्लिएको छ । अबुधाबीमामंगलबार रातिभएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजितगर्दै मुम्बई शीर्ष स्थानमाउक्लिएको हो । शेख जायदक्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटियो । राजस्थानकालागिजोस बट्लरले ७० रनको अर्धशतकीयइनिङ्स खेलेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यस्तै जोफ्राआर्चरले २४ रन जोड्दा टम करनले १५ रन बनाउनुभयो । मुम्बईकाजस्प्रितबुम्राहले ४ विकेट लिनुभयो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।मुम्बईकालागि सूर्यकुमार यादबले अविजित रहदै ७९ रनको अर्धशतकीयइनिङ्स खेल्नुभयो । यस्तै कप्तान रोहितशर्माले ३५ तथा क्विन्टन डी ककले २३ रन जोड्नुभयो । जितसँगै मुम्बईले ५ खेलमा ८ अंकजोडेको छ ।

सम्बन्धित समाचार