तिलागाउपालिकाको मानेचौरमा आलु भण्डारण कक्ष निर्माण ।

दिलमाया शाही
जुम्लाको तिला गाउँपालिका ९ मानेचौरमा सुविधा सम्पन्न आलु भण्डारण कक्ष निर्माण भएको छ । आलु उत्पादन अवस्थालाई मध्येनजर गर्दै आलु भण्डारण कक्ष निर्माण गरिएको हो । यस अघि गाउँमा आलु भण्डारण गर्न नसक्दा कुहिने डर थियो । भण्डारण कक्षमा आलु लामो समय सम्म राख्न सकिने भएको छ । आगामी बर्ष देखि आलु भण्डारण कक्षमा आलु राख्ने तयारी भइरहेको तिलागाउपालिका ९ की गोरीकला बोहोराले बताइन । उनले भनिन आलु उत्पादन धेरै हुन्छ । तर लामो समय भण्डारण गर्न नसक्दा बर्षेनी कुहिएर खेर गइरहेको थियो । भण्डारण बनेपछि अब बेमौसममा पनि आलु बजारमा लैजान सकिने अवस्था आएको छ । थपिन उनले आलु भण्डारण कक्ष निकै राम्रो भएको छ । अब यहाँको आलु कुहिहेर खेर जाने डर छैन् ।

भण्डारणको ब्यवस्था भएपछि ’उत्पादन पनि धेरै र मुल्या पनि धेरै पाउने किसानले आशा गरेका छन् । यसले गर्दा आलुको उत्पादन निकै बढि हुने गरेको छ ।आलु भण्डारण कक्ष संगै आलुका विभिन्न परिकार बनाउन सिकाउनु पर्ने किसानको भनाइ छ । आलुको परिकार बेच्ने राम्रो व्यवसायी बन्ने धोको रहेको तिला ९ कै दलबहादुर बोहोराले बता्एका छन ।उनका अनुुसार यहाँका किसानले एकै पटक आलु निकाल्छन् । भण्डारण कक्ष नहुँदा थन्किन्छन् ।

बजार नजिक छैन् । बजारीकरण गर्न पनि समस्या भएको छ । उनले भने,‘अब गाउँमै स्टोर गरेर किसानले भनेको मुल्यमा बेच्न पाउने वातावरण बनेको छ । पेस नेपालको क्याप्स कर्णाली परियोजनाको झण्डै ३२ लाख रुपैयामा भण्डारण कक्ष निर्माण भएको पेस नेपालका कार्यकारी अध्यक्ष किशोर न्यौपानेले बताए ।उनले भने भण्डारण कक्षमा १० मेट्रिकटन आलु अटाउने छ ।अहिले गाउँको आलु झण्डै तीन घण्टा बोकेर नजिकैको त्रिबेणी र सीतानगर बजारमा विक्रिका लागि ल्याउने गरिएको छ ।

अब भण्डार कक्षमै आलु बिक्रि गर्ने लक्ष स्थानीयको छ । विश्व खाद्य कार्यक्रमका कृष्णबहादुर शाहीले भने्् आलु भण्डारण कक्षले किसानलाई निकै राहत मिल्न भएको छ । स्थानीय आवश्यकता र माग अनुसार भण्डारण कक्ष निर्माण भएकोले सदुपयोग हुने बताए । उनले भने,‘अब किसानले माटोको खाल्डोमा वा घरमा आलु भण्डारण गरेर कुहाउनु पर्दैन् । तर सही सदुपयोग गर्नु जरुरी छ ।पेस नेपालका सब इन्जीनियर हर्कबहादुर रावत आलु भण्डारण कक्षले स्थानीयमा उत्साह फैलिएको बताए । अब किसानले आलु कहाँ राख्ने भन्ने विषयमा चिन्ता लिनु पर्नेछैन् ।’आलु भण्डारण कक्षको तिला गाउँपालिकाले अनुगमन गरेको छ ।