जुम्लामा स्वास्थ्यकर्मी सहित २४ जनामा कोरोना

जुम्लामा स्वास्थ्यकर्मी सहित २४ जना कोरोना संक्रमित भएका छन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ११ जना स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना संक्रमण देखिएको हो ।कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा गरिएको पीसीआर परीक्षणका क्रममा २४ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालमा भर्ना भएका बिरामी र स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानका डा.अनुपमंगल समालले बताए । ‘ उनका अनुसार परीक्षण गरिएका ५० मध्ये २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । ,’ उनले भने, ‘संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा भर्ना गरेका छौं ।

सम्बन्धित समाचार