अशोक नमुना बिद्यालयका दुई सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

दिलमाया शाही
जुम्लाका दुई सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । चन्दननाथ नगरपालिका ४ स्थित अशोक नमुना विद्यालय जुम्लामा अध्ययरत दुई सय विद्यार्थीलाई झोला र शैक्षिक सामाग्री वितरण गरिएको हो । न्यानो स्वागत नेपालको आर्थिक सहयोग कर्णाली स्र्पोट क्लबको समन्वयमा विद्यार्थीलाई राहत स्वरुप शैक्षिक सामाग्री र झोला वितरण गरिएको अशोक नमुना विद्यालय विव्यस अध्यक्ष महेन्द्र कार्कीले बताए । उनले भने लामो समयको लकडाउनबाट प्रभावित विपन्न बालबालिकाको राहत र पढ्ने बानी विकासका लागि शैक्षिक सामाग्री वितरण गरिएको छ । शैक्षिक सामाग्रीहरु सुरक्षित राख्नका लागि झोला पनि वितरण गरिएको हो ।

अशोक नमुना विद्यालयमा पहिले तुलनमा अहिले बिद्यार्थीको संख्या बढेको छ । सामुदायिक विद्यालय प्रति अभिभावक तथा बालबालिकाको आर्कषण बढाउनका लागि विभिन्न निकाय संग सहकार्य गरेर उदाहरणिय कार्यहरु भईरहेका छन् ।सामुदायिक विद्यालयमा नै नमुना, गुणस्तरी तथा व्यवहारिक शिक्षा प्रदानका लागि हरेक हप्तामा सृजनात्मक अतिरिक्त अध्यास गर्ने गरिएको विव्यस अध्यक्ष कार्कीले बताएका छन । अझै आगामी शैक्षिक शत्रमा अशोक नमुना विद्यालयमा विद्यार्थीको संख्या बढाउन घरदैलो गरिने छ