नेपाली सेनाको काम प्रति जुम्लाबासी उत्साहित

दिलमाया शाही
पछिल्लो समयमा नेपाली सेनाले गरेको काम प्रति जुम्ला बासी उत्साहित भएका छन । चन्दननाथ नगरपालिका २ स्थित कर्णाली माध्यमिक विद्यालय अनामनगरमा नेपाली सेनाले विद्यालय भवन निर्माण गरिदिए पछि यहाका नागरिक उत्साहित भएका हुन ।नेपाली सेनाले नागरिक सैनिक सहयोग कार्यक्रम अन्र्तगत २५ लाख रुपैयाँमा दुइ तले विद्यालय भवन निर्माण गरी बिद्यालयलाई हस्तानतरण गरेको छ। सेनाले बिद्यालय भवन निमार्ण गरे पछि अध्यायनरत्त बिद्यार्थीलाइ पठनपाठनमा सहजता आउने देखीएको छ ।जुम्ला स्थित नन्दबक्स गणका सैनिक जनशक्तिले विद्यालयको भवन, बास्केटवल कोर्ट सहितका संरचना निर्माण गरेको हो । नेपाली सेनाको सहयोगमा विद्यालयमा भवन पनि बनाउदा र बास्केटबलको कोर्ट बन्दा हर्षित भएको विद्यालयका प्रधानाध्यापक मिनप्रसाद शर्माले भने,‘ सेनाले शैक्षिक क्षेत्रमा काम गर्न थालेपछि निकै सहज भएको छ ।नेपाली सेना उत्तर पश्चिम पृतनापति उपरथी विज्ञानदेव पाण्डेले उक्त भवनको उद्घाटन गर्दै सेना समाजका हरेक समस्या संग जुध्न एकाकार भएर लाग्ने बताए । उनले भने,‘ नेपाली सेनाले समुदायमा थुप्रै काम गर्दै आइरहेको छ । यस्ता कार्यक्रमले जनता र सेनाबीचको सम्बन्ध सुधार भएको छ ।

आगामी दिनमा पनि हरेक निकाय संग समन्वय गरेर काम गर्न नेपाली सेना तयार हुने छ । ’अनामनगर विद्यालयमा अध्ययनरत छात्र छात्राहरुको संख्या अत्यधिक रहेको छ । यस अघि विद्यालय भवनको कमि थियो । तत्काल कहि कतैवाट योजनाहरु पर्ने संभावना थिएन । विद्यालय व्यवस्थापन समितिले आग्रह गरेको थियो । श्री २४ नं. बाहिनी अड्डा पुर्व बाहिनीपति दिपक बानीयाँले समन्वय गरेका थियो । त्यही अनुसार विद्यालय भवन बनेको छ ।

सेनाले विद्यालयको भवन निर्माण गरिदिएपछि शिक्षक, अभिभावक र विद्यार्थी निकै खुसि भएका छन् ।
प्राविधिक स्टमेट ५६ लाख रुपैयाँको भएपनि नेपाली सेनाबाट २५ लाख रुपैयाँ मात्र रकम विनियोजन भएको थियो । विद्यालयमा चारकोठे भवन पक्की बास्केटबल कोर्ट,सेप्टिक टयांकी र शौचालय निर्माण भएको बाहिनी पति यमबहादुर सापकोटाले जानकारी दिएका छन । उनले भने,‘ गत बर्षको कार्तिक देखि निर्माण शुरु भएको विद्यालय भवन निर्माणको काम समयमै सकिएको हो । कोराना भाइरसको जोखिमको अवस्थामा पनि सामाजिक दुरी कायम गर्दै सानो समुहमा निर्माण कार्यलाई निरन्तरता दिइएको थियो । नेपाली सेना उत्तर पश्चिम पृतना हेडक्वाटर र श्री नं. २४ बाहिनीका निर्देशन, अनुगमन, सुपरिवेक्षण घटिघटाउको अवधारणामा निर्मित संरचनाहरुमा स्वीकृति, डिजाइन र लागतभित्र आपुर्ति कर्ताले सामान प्रयोग गरिएको हो ।

स्थानीय आवश्यकता अनुसार स्टमेटमा नभएका केही थप कार्यहरु पनि भएका हुन् ।यस अघि जुम्ला तातोपानी गाउँपालिका ४ को गणेश आधारभुत विद्यालय भवन नेपाली सेनाले निर्माण गरेको थियो । तातोपानीका विद्याथी पनि भवन नहुँदा खुला चौरमा बस्न बाध्य थिए । सानो कच्ची भवनमा हालिएको जस्ता हावाले उडाउँथ्यो । हावा हुरी, वर्षा र हिमपातले विद्यालयको पढाई प्रभावित बनाउँथ्यो । तर खलंगा स्थित तत्कालिन भगवती दल गणले गाउँमा विद्यालय भवन बनाईदिएपछि पक्की भवन भित्र विद्यार्थी खुसी पुर्वक पढ्न थालेका छन ।विद्यालय भवन जीर्ण वन्दै गएपछि विद्यार्थीको जोखिमताका आधारमा नेपाली सेनाले आफ्नै लगानीमा भुकम्प प्रतिरोधी भवन निर्माण गरेको हो । दुर्गममा जीर्ण भवनमा जोखिमपुर्ण अवस्थामा अध्ययन अध्यापन गर्ने दिन गएका छन्,। यस्ता असल क्रियाकलमपले गर्दा जुम्ली नागरिकले नेपाली सेनाको योगदान विर्षन सक्ने छैनन । ’

सम्बन्धित समाचार