अनसन बसेको ८औ दिन डा. केसी काठमाण्डौका लागी उडे पनि विमान नपाएपछि नेपालगञ्जमै रोकिय ।

जुम्ला
जुम्लामा अनशनरत डा. गोविन्द केसी काठमाडौं फर्किने विमान नपाएपछि सोमबार नेपालगञ्जमै रोकिएका छन् ।जुम्लाबाट काठमाडौं फर्किन सोमबार नेपालगञ्जसम्म हवाइजाहजमा जानुभएको उहा काठमाडौं फर्किने विमान नपाएपछि नेपालगञ्जमै अनशनलाई निरन्रता दिनु भएको छ ।उहाका सहयोगी डा. प्रवीण गिरीका अनुसार केसीलाई भेरी अस्पतालमा राखिएको छ । केसी मंगलबार विहान ११ बजेको उडानमा काठमाडौं आउने तयारी रहेको डा. गिरीले बताउनु भयो ।जुम्लामा अनशन बसेको आठौं दिन सोमबार केसीले अब काठमाडौं पुगेर नै सत्याग्रह जारी राख्ने बताउँदै जुम्ला छाडेका थिए