अनसन बसेको ८औ दिन डा. केसीलाई हवाइ जाहज मार्फत काठमाण्डौ लगियो  

दिलमाया शाही
चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत अनसन बसेका डाक्टर गोबिन्द केसीलाई जुम्ला बाट काठमाण्डौ लगिएको छ । उनले गत्त भदौ २९ गतेजुम्लामा १९औ अनसान जारी गरेका थिए । उनको स्वास्थ्य अबस्था बिग्रीदै गएको र कर्णाली स्वाथ्य बिज्ञान प्रतिष्ठानमा उपचार गर्न नमाने पछि सोमबार हवाइ जाहाज मार्फत काठमाण्डौ लगिएको छ ।

डा.गोविन्द केसीलाइ यहि असोज तिन गते अनसान बसेको स्थानबाट प्रहरीले उपचारको लागी भन्दै जवरजस्ती अस्पताल पुर्याएको थियो ।तर पनि कसीले उपचार गर्न मानेका थिएनन । ’जुम्लामा पहिले जस्तै हिंसा र आतंक नहोस् भनेर काठमाडौं जाने निर्णय गरेको डाक्टर केसीले बताए । स्वास्थ्य र मेडिकल शिक्षामा सुधारका लागि जुम्लामा १९ औं सत्याग्रह बसेका डाक्टर गोविन्द केसीले सत्याग्रहलाई काठमाडौँबाटै जारी गर्ने बताएका हुन ।

दुई वर्ष अगाडि सत्याग्रहमा रहेकै बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा तोडफोड भएको थिए । केन्द्र देखि प्रदेश सरकारसम्म पहिलेकै जस्तै पात्रहरु पदमा रहेको भन्दै हिंसा र आक्रमण नहोस् भनेर सत्याग्रह बस्ने ठाउँ सार्न लागेको केसीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्ललेख गरीएको छ ।जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौं । यसबीच जुम्लामा रहेर हाम्रो सत्याग्रहमा साथ दिने, सहयोग गर्ने तथा शुभेच्छा गर्ने सबैलाई धन्यवाद,’ सोमबार जारी विज्ञप्तिमा केसीले भनेका छान । उनले नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता गर्नमाग राख्दै सरकार विरुद्ध जुम्लामा १९ औं सत्याग्रह सुरु गरेको डा.गोविन्द केसीले बतएका छन ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने ,स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश नम्बर २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनु पर्ने उनका मागहरु रहेका छन् । डाक्टर केसीले २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायतका मागहरु राखेर अनसन सुरु गरेका हुन । डाक्टर केसीले स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका लागि हामी लामो समयदेखि संघर्षरत छौं भन्दै हाम्रो अभियान नियमनकारी संस्थाहरुमा दलीय भागवण्डा रोकेर वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने प्रमुख माग रराखेका छन ।