प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय स्थापना

जुम्लाका नागरिकलाईे संघीयताको प्रत्याभूति गराउनका लागी कर्णाली प्रेदश कोष तथा लेखा नियन्त्रक कार्यालय स्थापना गरिएको छ । बिहिबार कर्णाली प्रदेश अन्तर्गत जुम्लाको सदरमुकाम खलङ्गामा कर्णाली प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय स्थापना गरिएको हो । उद्धघाटन कार्यक्रममा सांसद गजेन्द्रबहादुर महतले जिल्लामा प्रदेश सरकारका तर्फबाट हुने सबै आर्थिक क्रियाकलाप नियन्त्रण गर्ने गरी प्रदेश सरकारले कार्यालय स्थापना गरेकाबताउनु भयो । उहाले भन्नुभयो जनताले संघीयताको प्रत्याभूति गरुन भन्नका लागी पनि घरआँगनमै कार्णाली प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय स्थापना गरिएको हो ।

यो कार्यालय स्थापनाले कर्णाली प्रदेश अन्तरगत्त जुम्ला जिल्लामा कार्यालय स्थापना भएका कार्यालयलाई आर्थिक क्रियाकलापमा ,सहज हुने छ ।गत आर्थिक वर्षमा आर्थिक वर्ष समाप्त भइसकेपछि पनि निकासा तथा भुक्तानीमा समस्या परेकाले चालु आर्थिक वर्षमा यस्ता खालका समस्या न्युनिकरणका लागी कर्णाली प्रदेश सरकारले पहल गर्ने भएको छ । सरकारले कर्णाली प्रदेशका सबै जिल्लामा सबै मन्त्रालय मातहतका कार्यालय स्थापना गरेर सरकारी सेवा प्रभावकारी ढङ्गले अगाडि बढाइने भएको सांसद महतले बताए । जुम्लामा कर्णाली प्रदेश मातहतका १२ वटा कार्यालयबाट सम्पादन गरिने क्रियाकलापको लेखा नियन्त्रण गर्ने गरी कार्यालय स्थापना गरिएको लेखा सहायक विश्वराज खत्रीले बताए । उनले भने यसअघि जिल्लामा कार्यालय नहुँदा प्रदेशबाट सञ्चालित क्रियाकलापका लागि प्रदेश राजधानी सुर्खेत जानुपर्ने बाध्यता रहेको थियो ।

सम्बन्धित समाचार