कोरोनाका संक्रमितलाई त्रास मुक्त बनाउन आइशोलेसनमा किताब अभियान ,
दिलमाया शाही
कोरोनाको त्रासपुर्ण मानसिकता बाट मुक्त गराउन जुम्ला जिल्लाका युवाले आइसोलेसनमा किताब अभियान थालेका छन । जागौ कर्णाली नेपाल नामक संस्थाले,जुम्लाका कोरोना संक्रमित भएका व्यक्तिहरुका लागि आइसोलेसनमा पुस्तक अभियान शुरु गरिएको हो ।कोरोना कहरका कारण प्रभावित भएका व्यक्ति, कोरोना संक्रमित र कोरोना जितेर घर फर्किएका व्यक्तिहरुलाई समय बिताउन सहज होस भन्ने उद्देश्यले जुम्लाका युवाको सक्रियतामा यो अभियान थालिएको छ ।
अभियान अन्र्तगत अहिले पुस्तक संकलन भइरहेको छ । किताब संकलनको कार्य जारी रहेको र विभिन्न व्यक्तिबाट पुस्तक सहयोग भइरहेको स्थानिय युवा तथा आइशोलेसनमा किताबका अभियान कर्ता धनराज सुनारले बताए ।उनका अनुसार जिल्लाका ८ वटै स्थानीय तहमा रहेका आइसोलेसनमा बसिरहेका व्यक्तिहरुलाई कोरोनाको त्रासपुर्ण मानसिकता बाट मुक्त गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको होसाहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरु क्वारेन्टिन तथा आइसोलेनमा रहेका ब्यक्तिीले निःशुल्क अध्यायन गर्न पाउने छन ।
अहिले सम्म लेखक पुरिचन्द देवकोटा, पत्रकार महेश नेपाली, लेखक तथा कर्मचारी खडानन्द चौलागाई यामराज कार्की, कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाही, स्टेशनरी व्यवसायी गणेश रोकायाले पुस्तक सहयोग गरेका छन् ।
पुस्तक संकलन कार्य जारी रहेको छ । सबैले किताब को सहयोग गरौ अध्यन गरि कोरोनाको त्रासपुर्ण मानसिकता हटौ । भन्ने युवाहरुले थालेको अभियानको मुल उद्देश्य रहेको अभियान कर्ता सुनारले बताए । उनले किताब अभियानमा सहयोग गर्न जुम्लीबासीहरुमा अनुरोध गरेका गरेका छन । युवा सुनारले भने जिल्ला प्रशासन कार्यालयको समन्वय जुम्लाका ८ वटै स्थानीय तहमा निमार्ण गरिएका आइशोलेसन कक्षा हरुमा किताब पढौ कोरोनाको त्रासपुर्ण मानसिकता बाट हटौ भन्ने नाराका साथ किताब संकलन गरि बितरण गर्ने भएका छौ । जुम्लाका ३ वटा कक्षमा किताब बितरण गरिएको छ । निर्माण व्यावसायिसंघमा रहेको आइशोलेसन कक्षमा २५ वटा किताब र घर गयपछी होम क्वारेन्टाइन कसरी बस्ने तरिका र ध्यानदिनुपर्ने कुराको बारेमा तयार पारिएको ५० वटा पम्पोलेट दिइएको छ ।
कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठानको आइशोलेसनमा १५वटा किताब र ३० वटा होम क्वारेन्टाइन बस्दा ध्यानदिनुपर्ने तरिकाको बारेमा तयार पारिएका पम्पोलेट बितरण गरिएको हो । त्यस्तै हिमा गाउपालिकाको आइशोलेसनमा १५ किताब र ५० वटा होम क्वारेन्टाइन बस्दा ध्यानदिनुपर्ने तरिका बारेमा तयार पारिएका पम्पोलेट बितरण गरिएको छ । जुम्ला आठ वटा स्थानियतहमा रहेका आइशोलेसनमा किताब अभियान जारी रहेको जागौ कर्णाली नेपाल नामक संस्थाले जनाएको छ । युवाहरुले अहिले सम्म ७० वटा किताब र ५हजार क्वारेन्टाइन बस्दा ध्यानदिनुपर्ने तरिकाको बारेमा बनाइएका पम्पोलेट संकलन गरेका छन ।








