कोरोनाको त्रासले रोग पालेर बसेका स्थानिय लाई उपचार गर्दै डाक्टर केसी ।

दिलमाया शाही
जुम्ला ः चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसी विशेषज्ञ स्वास्थ्य सेवा दिन जुम्लाका ग्रामिण बस्तीमा पुग्नु भएको छ । कोरोनाको डरले रोग पालेर बसेका स्थानिय लाई उपचार गर्न डाक्टर केसी जुम्लाको ग्रामिण बस्तीमा पुग्नु भएको हो। कोभिड महामारीका कारण आफ्नो सत्याग्रह स्थगित गर्नु भएको उहा औषधिको झोला बोकेर सिँजा क्षेत्रमा स्वास्थ्य शिबिर संञ्चालन गर्न पुग्नु भएको हो । भदौ १८ गतेदेखि सत्याग्रहको घोषणा गर्नु भएको डा. केसीले जुम्लाबासीको आग्रहमा स्थगित गरेर गाउँ तिर स्थानियको उपचार गर्न पुग्नु भएको छ । उहाले भन्नुभयो ,यो समयमा गाउँका बिरामीको उपचार गर्छु । उहाले भन्नुभयो कोरोनाको त्रासले गर्दा रोग पालेर बसेका ,‘दुरदराजका नागरिको उपचार गर्नु मेरो धर्म हो । उहाले भन्नुभयो भदौ १९ गते नै गाउँमा विशेषज्ञ स्वास्थ्य सेवा दिने तयारी भएपनि अस्पतालको फार्मेसीमा औषधि किन्न जाने क्रममा प्रवेश गर्न नदिएपछि एक दिन ढिला भएको बताउनु भयो । डा. केसीले सहयोगी मार्फत फार्मेसीबाट औषधि किनेर उपचारगर्न गाउँतिर जानु भएको हो । कनकासुन्दरी गाउँपालिकाको हाडसिँजा स्वास्थ्यचौकीमा विशेषज्ञ स्वास्थ्य सेवा दिइरहेको डा. केसीले बताउनु भयो ,। उहा अब केही दिन सिँजा क्षेत्रतिर स्वास्थ्य सेवा दिएर बस्ने बताउनु भयो । सदरमुकाम खलंगाबाट किनेर ल्याएको औषधि र स्वास्थ्यचौकीमा उपलब्ध औषधिको प्रयोग गर्छु ।

’ एक दिनको पैदलयात्रा गरेर सिँजा क्षेत्रमा पुगेको डा.केसीले बताउनु भयो । जतिको बिरामीको चाप बढ्यो, त्यती दिन हाडसिँजा स्वास्थ्यचौकीमा बस्ने तयारी उहाले गरेको बताउनु भयो । छ । तत्कालिन सिँजा क्षेत्रमा ११ वटा गाविस हालका तीन स्थानीय तहका सबै स्वास्थ्य संस्थामा पुगेर विशेषज्ञ सेवा दिने डा. केसीले बताउनु भयो ।डा. केसी दुर्गममा पुगेर सेवा दिदा स्थानीय उत्साहित छन् । स्थानीयतहले पनि निकै राम्रो सहयोग गरेको छ । कनकाशुन्दरी गाउपालिकाका स्वास्थ्य संयोजक दामोदर आचार्याले भन्नुभयो , डा. केसी गाउँमा पुगेर सुेवा दिदा स्थानीय निकै खुसि भएका छन । उहाले भन्नु भयो ,‘गाउँ डा. केसी आएको पनि थाहा भएन् । एक्कासी स्वास्थ्यचौकीमा आइपुगेको देख्यौँ । उहा संग उपचार गराउनेको ठुलै भिड लागेको छ ।

’ डा. केसीले पहिलो दिनमा झण्डै २ सय जनाको उपचार गर्नु भएको छ ् । स्वास्थ्यशाखाले स्वास्थ्यचौकीमा नभएको औषधि मेडिकलबाट खरिद गरेर राखेको छ ।सिँजा गाउँपालिका २ का मल्ल जैसी दुई घण्टा हिडेर डा. केसीको सेवा लिन हाँडसिजा पुग्नु भएको छ ।उहाले भन्नुभयो , लामो समय देखि घुडा दुखेको थियो । जुम्ला अस्पताल आएर एक्सरे गरेको थिए । प्रतिष्ठानमा डाक्टर भेटाउन सकिन । डा. केसी सिँजा आएकोे खबर सुनेपछि गाँउतिर उपचार गर्नका लागी हाटसिजा पुग्ेको हु, लकडाउनले गाडी नचल्दा हिँडेरै गाउँ–बस्तीमा सेवा गर्दै आउनु भएको छ । डाक्टर केसी हाडजोर्नी सम्बन्धी बिरामीको उपचारका साथै कोरोनाबारे सचेत हुन नागरिकलाइ सुझाव दिर्दै हिड्नु भएको छ । ।