जुम्लाका कोरोना संक्रमितलाई चाउचाउको आहारा
जुम्ला ः जुम्लाका कोरोना संक्रमितलाई चाउचाउको खाना दिइएको बताएका छन । उनिहरु भन्नछन जब कोरोना परिक्षणका लागि स्वाब संकलन गरिदै थियो त्यतिबेला सम्मा हामी ढुक्क थियौँ कि हामीलाई कोराना देखिदैन् भन्ने ,किनकी जुम्लालेले पहिले नै व्यापक तयारी गरेको थियो। गाउँगाउँमा सेनिटाइजर बाडिएको थियो। घरघरमा मास्क दिइएको थियो। साबुन र खाद्यन्न सामाग्री प्रत्येक सहयोगी संस्था र स्थानियतहले बाँडेका थिए । यो सबै तयारी हेर्दा लाग्थ्यो,‘ जुम्लामा कोरोना प्रवेश गर्न पाएको छैन । तर प्रतिष्ठानले एकाएक कोराना पोजेटिभ भएकोले तयारी अवस्थामा रहन खवर पाठायो । हामी छक्क परिउ । स्थानीय प्रशासनले नै तयारी हुन निर्देशन गरेपछि आइसोलेसनमा जान तयारी गरियो। यही गएको आइतबार हिमा गाउँपालिकामा कार्यरत कर्मचारी तथा स्थानीयहरुको स्वाब संकलन गरि पिसिआरका लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागिएको थियो। त्यसमध्ये ९ जनाको परिक्षणको रिपोर्ट पोजेटिभ आयो। कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएलगत्तै सबै संक्रमितलाइ सोमबार रातीनै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसनमा पुर्याइएको थियो। हिमा गाउँपालिका वडा न ७ का ४५ बर्षका एक संक्रमितले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसनमा संक्रमितको राम्रोसँग हेरचाहा हुने नगरेको गुनासो गरेका छन । उनले भने कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको बाहिरको संरचना हेर्दा जति मन प्रफुल्ल हुन्छ, त्यतिनै भित्रको ब्यबस्थापनबाट प्रसन्न हुने अवस्था रहेन छ।
बाहिर निकै चर्चा भएपनी आन्तरिक ब्यवस्थापन निकै फितलो रहेछ।’कोरोना संक्रमित भएको पुष्टि हुने बित्तिकै पुरानो थोत्रो गाडी लिन आइपुग्यो। हेड्लाइट समेत नबल्ने गाडी थियो। भित्र पनि ८ जनालाई एकै ठाउँमा कोचेर राखियो। रातिको यात्रा भएकोले दुर्घटनाको जोखिम पनि उच्च नै थियो। गाडी भित्र सबै कोरोना रिपोर्ट पोजेटिभ आएका संक्रमितहरु थिए। तथापी सबै जनामा कोरोनाको लक्षण थिएन। बस्ने सिट समेत नभएको सानो गाडीमा कोचिदा संक्रमण झन फैलन सक्ने खतरा थियो। ती संक्रमितले भने‘ जिपले कर्णाली प्रतिष्ठानमा राती लगभग पौने १० बजे पुर्यायो। त्यो दिनको जस्तो सवारी यात्रा जीन्दगीमा कहिलै भएको थिएन् उनले भने , यता बाट हामीलाई ४ बजे नै खबर गरेर तयार रहनु भनेर खबर गरियो। हामी तयार भएर बस्यौं तर हामीलाई लिन जिप सवा ८ बजे मात्र हिमा गाउँपालिकामा पुग्यो।’४ बजे नै गाउँपालिका वरपर कोरोना पोजेटिभ देखिएको बारेमा हल्ली खल्ली भइसकेको थियो। संक्रमितलाई निकै घृणा गरिने भएकोले कसैले पनि खाजा पानी दिने अवस्था थिएन् । त्यति बेला कुकुरले छोडेको हड्डी जस्तै भयौँ, संक्रमित भनेका छन ।
संक्रमितलाई थप उर्जा हौसला दिएर कोराना जीत्ने शक्ति उत्पन्न गर्नुको साटो घृणा गरेर झन मनोबल गिराउने कार्य भयो। यो कोरोना जीत्ने नभई झन बल्झाउने कार्य हो।’दिनभरीको भोक थियो। खाजा खाने समयमै कोरोना पोजेटिभ आएको खबरले झनै शरीर गल्न थाल्यो। संक्रमित ल्याउनको लागि गाडी पठाएको प्रतिष्ठानमा समेत खानाको कुनै तयारी थिएन। कर्णाली प्रतिष्ठानका स्टाफले तपाइँहरु राती पुग्नु भो पसल बन्द भै सके चाउचाउ खाएर बस्नुस भनेर दिएको जवाफ जीन्दगी भर मुटुभित्र बसिरहनेछ।
त्यो रात चाउचाउले छाक गुजारा गरेको उनीहरु बताउँछन्। टन्न डाइट खानुपर्ने बेलामा चाउचाउले रात काट्नु हाम्रो दुर्दशा थियो । त्यस्तै अर्का कोरोना संक्रमित हिमा १ का २८ बर्षे पुरुषले भने‘ यहाँ आइसोलेसनमा बस्नु भन्दा गाउँका ओडारमा बसेको भए जाती हुन्थ्यो। कमसेकम गाउँमा भए के कस्तो छ, भनेर सोध्ने मान्छे त आउथे। यहाँ त सोध्ने मान्छे समेत छैनन। डाक्टरको मुख देख्न त परै जावस अस्पतालका अन्य कर्मचारीको समेत मुख देख्न पाइएको छैन। खाना समेत आएको थाहा हुदैन। बाहिर ल्याएर राखेको हुदो रहेछ। खाना राखेको थाहा पायौं भने ल्याउछौँ थाहा भएन भने एक आधा घण्टा खाना बाहिरै रहन्छ। खाना खानुस खाना आयो भनेर समेत भनिदिने मानिस पाइदोरहेनछ । अरु औषधिको त के कुरा गर्नु बरु गाउँमै भएको भए लोकल जडिबुटी औषधि त पाइन्थ्यो ।’ कोरोना संक्रमित भन्ने बित्तिकै कुनै अर्को ग्रहबाट आएको भुत अर्थात राक्षस जस्तो ठानिन्छ। हिमा गाउँपालिका वडा नं ४ का ४२ बर्षका एकजना पुरुषले भने,‘ यो कोरोना संक्रमण भएको मान्छे हो भन्ने बित्तिकै अरुको हेर्ने नजरमा आकाश पातलको फरक हुदोरहेछ। पहिला पहिला हाम्रो गाउँघरमा कोडि(कुष्ठरोग लागेर पुरै शरीर गलेको मान्छे ) लाई चारकोष पर राख्नु पर्छ भन्ने प्रचलन थियो। उनिहरुलाइ भगवानले सजाय दिएका हुन।
यस्ता मान्छे हाम्रो समाजमा राख्नु हुन्न। घर परिवारले समेत भेट्न पाइदैन भनेर घरबाट धेरै टाढा जङ्गलको ओडारमा खाना, भाडाकुडा र अन्नपात सहित राखिदिने चलन थियो। अहिले हामी कोरोना संक्रमित हुंदा सबै तिरबाट ठ्याक्कै त्यस्तै व्यबहार भइरहेको महसुस भएको छ।’संक्रमण पुष्ठि नहुदा सम्म संगै बसिराखेका मान्छे संक्रमण देखियो भन्ने बित्तिकै गलत नजरले हेर्न थाले। ‘मेरो पिसिआर परिक्षण त अघिल्लो दिन नै भइसकेको थियो। मलाई कोरोना संक्रमण त्यो भन्दा पनि पहिला भईसकेको थियो होला तर अरुले हेर्ने नजर परिक्षण रिपोर्ट आएपछि मात्र परिबर्तन भयो। ’रोग देखिएपछि सजग हुनु स्वभाबिक हो तर घृणा गर्नु जायज होइन’ उनले भने।आइसोलेसन बसाई जेलको बसाई जस्तो लागेको अनुभव संक्रमितहरु सुनाउँछन् । सबै कोरोना संक्रमित भएपनि कुनै लक्षण देखिएको छैन्। सबैको स्वास्थ अबस्थामा समान्य छ। कसैलाई पनि कोरोनाको खतरापूर्ण लक्षण देखिएको छैन।








