समुदायमा फैलियो कोरोना हिमाका ५१ जना सहित ५६ को रिपोर्ट पोजेटिभ

दिलमाया शाही
पछिल्लो समयमा जुम्लाको समुदायमा कोरोना फैलिएको छ । जुम्लाको जुम्लाको हिमा गाउँपालिकाकामा बिहिबार मात्रै थप ५१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । केही दिन अघि ९ जना कोरोना पोजेटिभ देखिएको हिमा गाँउपालिकाका कर्मचारी सहित अन्य सम्पर्क व्यक्तिहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा बिहिबार मात्रै ५१ जना र कालिकोटको नाग्ममा बसोवास गरिरहेका ५ जना सहित थप ५६ जना कोरोना संक्रमित भएको जिल्ला प्रशासन कार्यालयले हो ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओम प्रकाश देवकोटाका अनुसार अन्य पदाधिकारी सहितको समेत स्वाब संकलन गरिएको छ । हिमा गाउँपालिकामा एका एकसंक्रमण बढेपछि भेटिएपछि प्रशासनले उच्च निगरानी गरेको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार जिल्लानै संक्रमण फैलिने डर भएकाले अहिले निषेधाज्ञा गरिएको छ । हिमामाको सुरक्षा ब्यवस्था थप प्रभाबकारी बनाउने भन्ने बिषयमा कोभिड कमाण्ड रोकथाम समितिको वैठक बस्नेछ । जिल्लाको धेरै जनशक्ति हिमामा खटाइने प्रयास गरिनेछ । प्रमुख जिल्ला अधिकारी थापाले सम्पूर्ण दाजुभाई दिदिवहिनीहरुले आफ्नो ज्यान सुरक्षाको लागि भिडभाडमा नजाने, मास्क लगाउन र सावुनपानिले अनिवार्य हात हुन अपिल गर्नुभयो ।यसैगरी केही संक्रमितको सम्पर्कमा रहेका १० जना पत्रकारहरुको रिपोर्ट नेगेटिभ आएको जानकारी गरिएको छ । अस्पताल स्रोतका अनुसार अन्यको परीक्षण भईरहेको छ ।