पहिरोको जोखीम बस्ती पहिचान गर्न प्रजिअ थापा ग्रामिण बस्तीमा ।
।
दिलमाया शाही
बर्खायामको समय सुरु भए संगै कर्णाली प्रदेशका अधिकांस बस्ती बाढी पहिरोको जोखीम परेको बिभिन्न संञ्चारमाध्यममा समाचार प्रसारण हुने गर्दछन । यसलाई मध्यनजर गर्दै जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा बाढी पहिरोको जोखीम बस्ती पहिचान गर्नका लागी जुम्लाको ग्रामिण बस्तीमा पुग्नु भएको छ । प्रजिअ थापाले सबै भन्दा बढी बिपदको उच्च जोखीममा रहेका बस्तीको अवस्था बुझ्न बस्ती बस्तीमा पुग्नु भएको हो । उहाले भन्नुभयो, कालिकोट सिमाना जुम्लाको बस्ती घोडेसिम गाउँमा पहिरोको उच्च जोखीममा छ । तिला गाउँपालिका ७ मा पर्ने घोडेसिम गाउँमा एक साता अघि पहिरो गएको थियो । जसका कारण गाउँका चारपाँच घर जोखिममा परेका थिए । जोखीम बस्तीको अबस्था बुझ्न प्रमुख जिल्ला अधिकारी थापा पुग्दा स्थानीयले जोखिम व्यवस्थापनको लागि ध्यानाकर्षण समेत गराएका थिए । त्यहाका स्थानियले ,‘गाउँ पहिरोको जोखिममा रहेकोले पहल गरिदिन अनुरोध गरेका छन ।
’ तिलागाउपालिका ७का वडासदस्य गोर्खबहादुर रोकायाले भिरालो जमिनमा गाउँ भएकोले पहिरोको उच्च जोखिममा बताउनु भयो । उहाले पहिरो नियन्त्रणका लागि पहल गरिदिन प्रजिअ थापा मार्फत आग्रह गर्नु भएको छ । त्यहा स्थानियले गाउँको पिडा बुझेर पहिरो रोक्ने वातावरण बनाइदिन अनुरोध गरेका छन । यस अघि यो गाउ माथितिर बाट कच्ची कुलो हुदै पानी बग्ने भएकोले अझै जोखिम थियो । ठाउँठाउँबाट पानी छिरेर गाउँको बीचमा मुल फुटे जस्तो देखिने गरेको थियो ।, अहिले‘ पेस नेपालको आर्थिक सहयोगमा पक्की कुलो बनेपछि केही सुरक्षित भएको छ । गाउमा पहिरोको त्रास भने कायमै छ ।
कालिकोटको सिमानाको गाउँ भएकोले सरोकारवाला बसैको ध्यान पुग्न सकेको छैन् ।’ पहिलो पटक जुम्लाले आफ्नो जिल्लाको प्रजिअ पाएपछि त्यो बस्तीमा पुगु भएकोले त्यहाका स्थानियले सबै प्रकारका समस्या राखेका छन ।स्थानीय सरकारका जनप्रतिनिधि र सुरक्षा निकाय सहित गाउँमा पुग्नु भएका प्रमुख जिल्ला अधिकारी थापाले गाउँका समस्या सबै अवगत भएको बताउँदै विपत व्यवस्थापन समितिबाट हुने सबै सहयोग गर्ने आश्वासन दिनु भएको छ । पहिले पनि यो गाउँ पहिरोको जोखिममा छ भन्ने सुनेको थिए उहाले भन्नुभयो , गाउँ स्थान्तरण गर्ने या जोखिम व्यवस्थापनका लागि अन्य उपाय अपनाउने भन्ने बिषयमा पहिले देखि छलफल भइरहेको थियो ,। स्थानीय सरकार संग समन्वय गरेर पहिरो नियन्त्रणका कार्य गर्न पहल गर्ने प्रजिअ थापाले बताउनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी थापा तिला गाउँपालिकाको ७ को घोडेसिम र हिमा गाउँपालिकाको कुडु गाउँमा पुग्नु भएको छ । प्रजिअ पुगेको दुबै गाउ पहिरोको उच्च जोखिम क्षेत्र हुन् । तर त्यहा क्याप्स कर्णाली परियोनाले पहिरो नियन्त्रणका क्रियाकलाप गर्दै आएको छ ।प्रमुख जिल्ला अधिकारी थापाले पहिरोको जोखिम कम गर्न अनुकुलन कोष, वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र पेस नेपालको क्याप्स कर्णाली परियोजनामा जलवायु अनुुकुलनका क्षेत्रमा भएका क्रियाकलापको समेत अनुगमन गर्नु भएको हो ।गाउँमा भइरहेको बृक्षारोपण सिचाइँ व्यवस्थापन र पहिरो नियन्त्रणका क्रियाकलापको पनि अनुगमन गरिएको छ। प्रमुख जिल्ला अधिकारी संगै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक लालबहादुर धामी , तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी,उपाध्यक्ष विष्णु बुढा,पेस नेपालका अध्यक्ष किशोर न्यौपाने, विश्व खाद्य कार्यक्रमका कृष्ण शाही लगायतको सहभागिता रहेको थियो








