विप्लवका जुम्ला जिल्ला सेक्रेटरी सहित ३ जना पक्राउ ।
दिलमाया शाही
सरकारद्वारा प्रतिवन्धित नेकपा विप्लव समुहका जुम्ला जिल्ला सेक्रेटरीसहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेको छ । जुम्लाको तिला गाउँपालिका–७ घोडेगाउँबाट उनीहरु शनिबार पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जुम्ला जिल्ला सेक्रेटरी रहेका मुगु सोरु गाउँपालिका–६ का ३७ वर्षिया राज बहादुर भाम, जुम्लाको हिमा गाउँपालिका–७ धाचुगाउका २९ वर्षिया नन्द तिरुवा र हिमा गाउँपालिकाका १६ वर्षिया सपना बुढा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक लालबहादुर धामीले बताए । प्रहरी नायव उपरिक्षक धामीका अनुसार उनीहरुबाट चन्दा उठाउने ठेली, विप्लवको सदस्यता रसिद, किताव बरामत भएको छ । स्थानीय जनप्रतिनीधिहरु तथा ठेकदारलाई धम्काउदै चन्दा माग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।








