बुधबार बिहान ६ देखि जुम्ला बजार खुलाइने ,.

दिलमाया शाही

कोराना भाइरस फैलन नदिनको लागि जिल्ला प्रशासन कार्यालय जुम्लाले साउन २५ गतेदेखि जारी गरेको निषेधाज्ञा बुधबार बिहाना ६ बजे देखि हटउने भएको छ । प्रशासनले बुधबार बिहाना देखी जुम्ला बजार खुल्ने भएकोे सुचना मार्फत उल्लेख गरेको छ । तर ब्यापारीले जनस्वास्थ्य तथा सुरक्षा माफदण्डको अनिवार्य पालना गर्नुपर्ने छ । यहि साउन २५ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रतिवेदन अनुसार कोरोना संक्रमण देखिएकोले दुई स्थानीय तहमा निषेधाज्ञा गरिएको थियो ।

चन्दननाथ नगरपालिकाका चार जना र एक तिला गाउपालिकाका गरी ५ जनामा कोरोना संक्रमण देखिएकोले थप संक्रमण फैलिन नदिनका लागि बजार पुर्ण रुपमा बन्द गरको थियो जिल्ला प्रशासन कार्यालय जुम्लाले लामो समय देखि बन्द रहेको खलंगा बजार खुलाउनको लागिसर्त पालना गर्न व्यापारीलाई आग्रह गरेको छ ।

संक्रमण जोखिम न्युनिकरण,रोकथाम,नियन्त्रण र संक्रमण फैलन नदिन जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनु भएको छ । उहाका अनुसार ब्यवसायिकहरलाई दुई मिटरको दुरीमा गोलो घेराको व्यवस्था गर्नु पर्ने पसल र ग्राहकलाई छुट्याउने गरि डोरीको व्यवस्था गर्न भनिएको छ बजारमा हिडडुल गर्दा दुई जना भन्दा बढि समुह बनाई हिडडुल गर्न पाइदैन्,थापाले भने,‘प्रत्येक ब्यक्तिले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने छ ।’मास्क नलगाउने जो सुकैलाई कार्वाही गरिनेछ् ।’ पसलमा सामान किनबेच गर्दा अनिवार्य रुपमा पञ्जा लगाउनु पर्ने प्रशासनले ब्यापारीका लागि सर्त तोकेको छ ।