सामाजिक बिकास कार्यालय द्धारा बार्षिक गतिबिधि सार्वजानिक
सामाजिक बिकास कार्यालय जुम्लाले एक वर्षको अबधिमा गरका बार्षिक गतिबिधी सार्वजानिक गरको छ । यस कार्यालयले अहिले सम्म गरेका क्रियाकलाप हरुबारेमा आम सरोकारवाला माझ जानकारी दिर्दै आगामी दिनमा संञ्चालन हुने आयोजनाहरु प्रभाकारी रुपमा संञ्चालन गर्नका लागी बार्षिक समिक्षा गोष्ठी गरको हो । कर्णाली प्रदेश सरकार अन्तरगत्त जुम्लामा स्थापना भएको सामाजिक बिकास कार्यालयले शिक्षा ,स्वास्थ्य ,बालबिवहा ,लैगिङक हिंसा ,महिला बालबालिका र अपांताको क्षत्रमा काम गर्दै आएको छ ।
जुम्लाका महिला अझै पनि चुलो चौकोमा सिमित भएकाले उनिहरुको जिवन माथि उकास्नका लागी छोरी बुहारी कार्यक्रम संञ्चालन गरिएको सामाजिक बिकास कार्यालय जुम्लाका सामाजिक बिकास अधिकृत बलविर सुनारले बताउनु भयो । उहाले भन्नुभयो , कतिपय ठाउमा सुरक्षित बिद्यालय भवन नहुदा अध्यायनरक्त बालबालिका पनि जोखिममा छन, ।सामाजिक बिकास कार्यालयले संञ्चालन गरको गतिबिधि बारेमा प्रशिक्षण दिर्दै उनले भने जुम्लामा बाल बिवाहाको अबस्था ७० प्रतिशत छ । यसलाइ न्युनिकरण गर्नका लागी सामाजिक बिकास कार्यालयले अभियानकै रुपम कार्यक्रम संञ्चालन गर्ने भएको छ । जुम्लाका प्रया होटलहरुमा श्रमीकको रुपमा बालबालिकानै राख्ने गरेको पाइन्छ । यस कारणले अन्ये ठाउभन्दा जुम्लामा बालश्रम बढी छ ।
बालश्रम न्युनिकरणका गर्नका लागी समाजिक कार्यालयले बालबालिका लक्षीत कार्यक्रम संञ्चालन गर्ने भएको छ ।सामाजिक बिकास कार्यालयले आयोजना गरको बार्षिक समिक्षा तथा प्रगती गोष्ठीमा बोल्दै तिलागाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नमराज सावकोटाले शिक्षा, स्वास्थ्य ,महिला बालबालिका जस्ता महत्वपुर्ण बिषयका कार्यक्रमले स्थानिय सरकारलाइ सहयोग पुगेको बताउनु भयो । उहाले आगामी दिनमा पनि तिलाको स्थानिय सरकारले यस कार्यालय संग सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।त्यस्तै कार्यक्रमका सहभागीले सामाजिक बिकास कार्यालय बाट संञ्चालन भएका भवनमा अनुदान भन्दा श्रमदान धेरै भएको गुनासो गरेका छन ।प्रदेश बाट दिइने अनुदानमा सबै जिल्लाका लागी बराबर बजेट छुटइएकोले यस्तो समस्या भएको हो ।जुम्लामा छोटो समयमा कार्यालय स्थापना गरको सामाजिक बिकास कार्यालयले ७२ दशमलब ५५ प्रतिशत प्रगती गरको छ । कोरोनाको महामारीका कारण लक्ष्य अनुसारको कार्य सम्पादनमा समस्या आएको भएपनि तिन महनिाको अबधिमा गरिएको कार्यप्रगती सन्तोष जनक रहेको पाइएको छ ।








