खस भाषाको उद्धगम स्थल सञ्चार बिहिन, टेलिकमको लागी ल्याइएको लाखै मूल्यको सामान अल्पत्र

दिलमाया शाही 
खषभाषको उद्गम स्थाल यतिबेला संञ्चार बिहिन छ । अन्य देशमा सञ्चार क्षेत्रम आकास पातल फट्को मारिसकेको समयमा नेपाली भाषाको उद्गम स्थालका स्थानिय बासीहरु संञ्चार बिहिन रहेका हुन । सबै ठाउमा संञ्चारको पहुज पुर्याउनको लागी ल्याइएको सामान अल्पत्र परेको छ ।
नेपाल टेलिकमले पछिल्लो समयमा अन्ये क्षेत्रमा राम्रो पहुँच बढाए पनि खस भाषाको उद्गम थलो कनका सुन्दरी गाँउपालिका भने सञ्चार बिहिन बनेको छ । यस अघि पटक पटक कनकासुन्दरी गाँउपालिकाको पहलमा नेपाल टेलिकमलाई अनुरोध गर्दा पनि वडा नम्बर ६को बिराटमा नेपाल टेलीकमले थ्रिजी सहितको सेवा दिर्ने गरि टावर सन्चालन गर्ने भनेर ३ बर्ष पहिला ठेक्का सम्झौता गरेर लाखै मूल्यका सामान ल्याएर अलपत्र परेको छ ।

यस क्षेत्रर्मा े २ दुइहजार २सय ४७ घर परिवारका १३हजार २सय १६ जना स्थानिय सञ्चार बिहीन भएका छन । संञ्चारको पहुज नहुदा पढाइको शिलसिलामा तथा रोजगारीको शिल्सिलामा घर भन्दा बाहीर गएका आफन्तलाई फोन सम्पर्क गर्नका लागी अग्ला डाँडा र ,रुख चड्नु पर्ने बाध्यता छ । स्थानियका आनुसार काम बिषेशका लागी फोन गर्नु परेको खण्डमा ,२,३घण्टा टाढा जानु परेको गुनासो छ ।
कनका सुन्दरी गाँउपालिकाको बिराटमा ३ बर्ष पहिला देखी नेपाल टेलिकमले मोवाईन सेवा सहित थ्रिजि सेवाको लागी टावर निमार्णको लागी ल्याएका लाखै मूल्यमा सामान ,सोलर पाता,ब्याट्रि,सरिया सिमेन्ट अल्पत्र परेका छन । सबै भन्दा नेपाल टेलिकम र ठेक्कादारहरुको लापरवाईले अहिले सम्म टावर नबनाउदा यस क्षेत्रका सबै नागरिक सञ्चर बिहिन बनेका छन ।
दैनिक काम काज गर्न समस्या

संञ्चार बिहिन हुदा गाँउपालिकाको कामकाज गर्न पनि निकै समस्या भएको छ । गाँउ पालिकाले टावर निमार्णको लागी ५ वटा पत्र नेपाल टेलिकमलाई पठाउदा पनि कुनै सुनुवाइ भएको छैन । नेपाल टेलिकम कार्यालय र ठेक्कादारकोे लापरवाईको कारण टोलिफोन टावर बनाउन समस्या आएको हो । टेलिफोन टावर लामो सयम सम्म अलपत्र परेको छ । ठेक्कादार र नेपाल टेलिककको लापरवाई गरेको कनका सुन्दरी गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भरत बहादुर शाहीले बताए ।बिराटमा बन्न लागेको टावर संगै निमार्ण सुरु भएका अन्य स्थानका ३ टावर निमार्ण भएका छन । टावर छिटो निमार्ण गरिदिनको लागी आफै नेपाल टेलिकमको केन्दीय कार्यालय ,क्षेत्रीय कार्यालय,लगाएत सबै निकायमा धाइसकेको अधिकृत शाहीले बताए । ,ठेक्कादारको लापरवाही गरेपनि नेपाल नेपालटेलिकम कता लुकेर बसेको स्थानियको गुनासो छ । मोवाईल टावर र ईन्टरनेटको सेवा नहुदा कनका सुन्दरी गाँउपालिका ओझेलमा परेको कनका सुन्दरी गाँउपालिकाका अध्क्षय नरबिर रावतले बताए । यता नेपाल टेलिकम कार्यालय ठेक्कादारलाई छिटोकाम सम्पन्न गर्नको लागी ताकेता गरी परिपत्र गरी सकेको बताउदै केही दिनमा काम सुरु नगरेको खण्डमा ठेक्का तोड्नो समेत बताएको छ ।