जुम्लाका प्रजिअ थापा मास्क बाड्दै मुख्यबजारका घरदैलोमा

दिलमाया शाही
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा बिहिवार खलंगा बजारमा मास्क बाड्नु भएको छ । कोभिड रोकथामका लागि सरकारले गरेको लकडाउन खुले सँगै बजार क्षेत्रमा भिडभाड बढेको छ । मास्क नलगाएर हिड्नेको सख्या बढेको छ । कोभिडबाट सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले बजारमा घरदैलोमा मास्क नलगाएर हिड्नेलाई मास्क दिनुका साथै सुझाब दिदै हिडेको छ । जुम्ला बजारमा मास्क नलगाएर हिडेका ३ सय जनालाई जनस्वास्थ्य सेवाको सहयोगमा प्रजिअ थापाले मास्क बितरण गर्नु भएको हो ।उहाले हरेक घरदैलोमा पुगेर बाहिर हिड्दा मास्क अनिबाय लगाउन सुझाव दिनु भएको छ ।

मास्क दिन घरदैलोमै प्रमुख जिल्ला अधिकारी पुगेपछि स्थानीय चकित भएका छन । उनीहरु लज्जित हुदै अब दैनिक दिन मास्कको अनिवर्य प्रयोग गर्ने बताएका हुन । प्रजिअ भुपेन्द्र थापाले भन्नुभयो मास्क लगाउनु होला । लकडाउन खुलेको भएपनि कोराना संक्रमण रोकिएको छैन् । कोरानाविरुद्धको खोप नबन्दा सम्म कोही पनि सुरक्षित छैनौँ उहाले भन्नुभयो । सबैले उच्च सतर्कता अपनाउनु होला आबश्यक रहेको छ ।मास्क बाड्नको लागि प्रमुख जिल्ला अधिकारी थापा, सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकास देवकोटा, जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटा, शसस्त्र प्रहरी प्रमुख डिएसपी गगन श्रेष्ठ र नेपाल प्रहरी प्रमुख डिएसपी लालबहादुर धामी पनि सहभागी भएका थिए। उनिहरुले माइकिङ गरेर मास्क लगाएर कोराना भगाउनको लागि अपिल गरेका छन ।

जिल्ला प्रशासन कार्यालयबाट मास्क लागाउन सुभलाव दिर्दै हिड्नु भएका प्रमुख जिल्ला अधिकारी थापाको टोली जुम्ला विमानस्थल हुदै विजयनगर देखि मुख्यबजारका सबैको घरदैलोमा पुग्दा स्थानीय चकित भएका छन ।टोली पुग्दा कसैले घरभित्र राखेको मास्क हतारहतारमा लगाउदै आएका थिए । भने कसैले मास्क किन्दै थिए । प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयो ,‘कोराना भाइरस संक्रमण हुन नदिनको लागि आफै सतर्क हुनु पर्ने समय हो । लापरबाही नगरौँ । सचेत भएर सामाजिक तथा व्यक्तिगत दुरी कायम गरौँ । यसैमा समग्र जुम्लाबासीको हित हुने देखीएको छ । ’
सरकारले जारी गरेको मापदण्ड पालना गर्दै अनिवार्य मास्क लगाउनको लागि आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनु भयो ।उहाले भन्नुभयो लकडाउन खुलेको भन्दै निकै लापरवाही बढ्यो । मास्क विनै भिडभाडमा हिड्न थाले । यसकारणले हामी त्यो कोराना संक्रमणलाई सहयोग पुग्ने खालको अवस्थालाई निरुत्साहित गर्न मास्क लिएर बजारमा निस्कन बाध्य भयौ । शुक्रवार देखि मास्क लगाउन हिड्नेलाई संक्रामक ऐन अनुसार प्रति व्यक्ति एक सय रुपैया जरिवाना गरिने छ ।

अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन र भिडभाड नगर्न पनि प्रमुख जिल्ला अधिकारी थापाले आग्रह गर्नु भएको छ । प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयो ,‘अनिवार्य मास्कको प्रयोग गरौँ,सेनिटाइजर र साबुनपानीको प्रयोग गरौँ । लकडाउन खुलेको हो तर कोरानाको जोखिम घटेको होइन् ।’ स्वास्थ्य नै धन भएकोले आफु पनि जोगिन र अरुलाई पनि जोगाउन अपिल गरिएको थियो ।मास्कको प्रयोग नगर्नेलाई कानुन बमोजिम कार्वाही गर्न बाध्य हुने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । अत्यावश्यक काममा सामाजिक दुरी कायम गर्नु पर्नेमा जोड दिइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले तीन सय मास्क ल्याएको थियो । यस अघि जुम्लाका एक नगरपालिका सहित ७ वटा गाउँपालिकाले प्रत्येक घरमा मास्क वितरण गरेका थिए ।