लकडाउन प्रभावित बालबालिकाका लागी अध्ययन सामाग्री बितरण

,
कोरोनाका कारण बिद्यालय बन्द भएपछि बालबालिकाको शिक्षा क्षेत्रमा असर परेको छ । बिगत तिनमहिना देखि लकडाउनका कारण बिश्वभरका बिध्यालयहरु बन्द भएपछि बालबालिका शिक्षा बाट बञ्चितभएका हुन । जसले गर्दा बालबालिकाको लागी शिक्षा क्षेत्रमा मात्रै नभइ नैसर्गिक र जन्म सिद्धअधिकार बाट पनि बञ्चित भएका छन। उनीहरुको सिकाइमा नकारात्मक असर परेको छ । कोभिड १९ का कारण बिश्वमा १ अर्व ३० कारोड बिद्यार्थीको पढाइ तथा सिकाइमा असर परेको तथ्याङक शिक्षा बिदहरुले निकालेका छन । बालबालिबकाको शिक्षामा परेको असर कम गर्नका लागी युनेस्कोकाले बिद्यालय पुन सुचारु गर्ने प्रारुप २०२० माउल्लेख गरीएको छ ।यस्तो अबस्थालाई मध्यनजर गरी जुम्लाका १८ वटा बिद्यालयमा अध्ययन सामाग्रीबितरण गरीएको छ ।

किर्डाक नेपाल र वल्र्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा संचालित नेपाल कभर परीयोजना अन्तर्गत जुम्लाको तिला, तातोपानी र पातारासीगाउँपालिकाका बिद्यालयमा अध्यायनरक्त कक्षा १, २ र ३ का १ हजार १ एक सय २९ जना बिद्यार्थीलाई पाठ्यक्रम बिकास केन्द्र र एजुकेशन कलष्टर बाट प्रकासन भएको बन्दाबन्दीको अवस्थामा घरमै बसेर पढ्न मिल्ने अध्ययन सामाग्रीका र स्टेशनरीका सामाग्री बितरण गरीएको हो । किर्डाक नेपालकाकार्यक्रम संयोजक दिप राज रावतका अनुासार लामो समय देखि किताव र बिद्यालयबाट टाढीएको बालबालिकाको लागी अध्ययन किताब बितरण गरिएको हो । उहाले भन्नुभयो बितरण गरेको अध्यायन सामाग्रीले बिद्यालय जना नपाएका बालबालिकाले घरमै बसेर पनि अध्यायनर सिकाइले सकारात्मक प्रभाव पारेको छ । तिला, तातोपानी, गुठीचौर, पातारासीगाउँपालिका र चन्दननाथ नगरपालिकाका गरी ४ हजार ५सय जना बालबालिकालाइ सरसफाइका सामाग्री पनि बितरण गरीएको छ । उनिहरुलाइ दिएको हाइजिन किड भित्र १५ वटा सामान रहेका थिय ।