चन्दननाथ नगरपालिका तिनमा पहिचान नभएको किराले मकैबाली सखाप ,

चन्दननाथ ३ का रामकृष्ण बुढ्थापाको मकैबारीमा दुई दिन अघि सम्म कुनै रोगकिराको प्रकोप देखिएको थिएन् । मकै घोगा लागिसकेको थियो ।लाग्थ्यो‘यो पटक मकैको उत्पादन निकै राम्रो हुन्छ ।’ यो पटक बुढ्थापाले पाँच रोपनी जग्गामा मकैखेति गरेका थिए । तर दुइ दिन भित्र उनको मकैबारीमा मकै सुख्न थाले । मकैका पात र गाँव एकाएक किराले खान थाल्यो । मैकैबारीमा डाँठ मात्र देखिन थाले । दुइ दिनमा पचास प्रतिशत मकै सखाप भइसकेका छन् । उनी निकै चिन्तत भए । बुढ्थापाले भने,‘किरा दिउँसो देखिदैन् । कतिबेला निस्कन्छ र मकैबालीमा पस्छ थाहा नै हुुदैन् । किराको दिशा काठको धुलो जस्तो जताततै देखिन्छ । ’उनले भने,‘किराको लक्षण हेर्दा अमेरिकी फौजी किराको जस्तो छ । तर प्राविधिकले प्रमाणित नगर्दा सम्म भन्न सकिने अवस्था छैन । अमेरिकी फौजी किरा भनौ भने,प्रमाणित गर्न सकिएको छैन्,किसान बुढ्थापा भन्छन्,‘ नभनौ भने लक्षण फौजी किरा जस्तै छ । मकैबारी सकिन थालिसक्यो । ’ निकै संकटमा भएको दुखेसो छ ।जुम्लामा हाल सम्म यो किराको प्रकोप देखिएको थिएन् । पहिलो पटक यो किरा देखेको छु । उनले भने,‘ एकै दिनमा मकैबारी सखापै पार्छ । यही अवस्था हुने हो भने जुम्लाको अन्नबाली किसानले भित्र्याउन पाउनेछैनन् ।

’ दिनमा किरा देखिदैेन् । बुढ्थापाले यो किराको रोगथामका लागि विषय विज्ञ संग ध्यानाकर्षण गराएको बताए त्यो किराले च््याङलर जातको ओखरको पात समेत खाइसकेको छ । ओखरको रुख नांगो बनाएको् छ । मकैको बारी भित्रको कान्लामा लगाइएको कक्सफुट घाँस सुक्न थालेको छ । यो घाँस बाहै्र महिना हरियो भइरहन्छ । मकैका पात प्वाल परेका छन् । पातको ढिक र बीचमा प्लाल पारेको थियो । मकै लत्किएका छन् । पुरै सुकेका छन् । पहिले पहिले सामान्य किराले खायोकी भन्ने शंका लाग्यो,‘किसान बुढ्थापाले भने,‘ पछि एकपछि अर्को गर्दै बारी नै सखाप हुन थालेपछि चिन्ता बढ्न थाल्यो । ’रेडियोमा बजिरहने फौजी किराको विज्ञापनमा भनिए झैँ मकैबारीमा पनि त्यस्तै लक्षण देखिएकाले अमेरिकी फौजी किरा हुन सक्ने किसानले आशंका गर्न थालेका छन् ।

किराले मकै सखाप पार्न थालेपछि छिटो अनुसन्धान गरेर नियन्त्रणको उपाय अवलम्वन गर्न किसानले कृषि विकास कार्यालय र कृषि अनुसन्धान कार्यालय समक्ष माग गरेका छन् ।बर्षा नभएको दिनमा बढि क्षति भएको पाइन्छ । बर्षा भएको समयमा निकै कम क्षति देखिन्छ । किसान बुढ्थापाले देवद्यारको तेल प्रयोग गर्न थालेका छन् ।

यो तेलले सबै प्रकारका किरा भागिरहेका छन् । यो किरा भाग्छ की भाग्दैन्, परिक्षण गर्दैछु,उनले थपे । कहिले पनि नदेखिएको र नुसनिएको किरा आउन थालेपछि जुम्ली किसान छक्क छन् ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा प्राविधिक परिचालन गरेर रोगकिराको पहिचान गर्न थाल्ने बताउँछन् । उनले भने,‘जिल्लाका केही स्थानबाट अज्ञात किराको प्रयोगले बालीनाली सखाप पारेको गुनासो आइरहेको छ । अब प्राविधिक परिचालन गरेर किराको अवस्था र लक्षणका बारेमा जानकारी लिएर रोग नियन्त्रणको उपाय अवलम्बन गर्नेछौँ । ’उनले बालीनालीमा रोगकिराको प्रकोप फैलिएको खण्डमा समयमै जानकारी गराउन आग्रह पनि गरे ।