जुम्लामा पनि पुग्यो सलह किरा

जुम्लाको पातारासी गाउँपालिकामा सलह किरा पुगेको छ । छिमेकी जिल्ला रुकुम र जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएिको भनिएको सलह किरा जुम्लामा पनि पुगेको हो । पातारासी गाउँपालिका १ र २ का केही बस्तीमा सलह किराको झुण्डहरु प्रवेश गरेको भेटिएको किसानले बताएका छन। ् ।सलहले मकै,गहँु र आलु बारीमा क्षति पुर्याएको छ । जताततै सलह किराको बथान देखिन्छ । बालीनालीमा पनि धेरै क्षति पुगेको छ ।
घोगा लागिसकेको मकै सखाप पार्न थालेपछि किसान चिन्तित छन् ।शुरुशुरुमा छिटफुट रुपमा देखिएपनि अहिले ठूलो झुण्डमा देखिन थालेका स्थानीय गोर्खबहादुर रावत बताउँछन् । आलु र मकै बारीमा प्रवेश गरेर ठुलो नोक्सान गरेको उनले बताए । सलह भगाउनको लागि विभिन्न बाजा बजाउने, मान्छे कराउने गर्छन्,‘उनले भने,‘तैपनि सलह भाग्दैनन्् ।अहिले किसान सलह धपाउनै व्यस्त छन । ’यता पातारासी गाउँपालिकामा सलह किराको झुण्डहरु प्रवेश गरेकोले किसानलाई सचेत रहन आग्रह गरिएको छ । कृषि विकास शाखा संयोजक रुपक बुढाले सलह भगाउने खास उपाय नभएको बताए । थाल बजाउन र त्यति गर्दा पनि भाग्न नमानेको खण्डमा समातेर मार्न सुझाएको उनले बताए ।
पातारासीमा पहिलोपटक सलह कीरा देखिएको उनले बताएका छन। ठूलो आवाज निकाल्ने, धुँवा जस्ता विधिबाट सलहलाई तितरबितर पार्ने प्रयास भइरहेको छ । सानो क्षेत्रमा गरिएको खेतीमा झुल वा जालीले छोपेर बालीनाली बचाउने,एसडि प्रयोग गर्ने,लसुन पानी उमालेर छर्ने र जैविक विषादीको प्रयोग गरी सलह किराको नियन्तत्रण गर्न सकिने कृषि विकास शाखा कार्यालय पातारासी जनाउँदछ ।ठुलो मात्रामा सलह प्रवेश गरेकोले जुम्लाको स्याउ, मकै, उवा गहँु लगायतका रैथाने बालीमा क्षति पुगेको छ । किसान दैनिक रुपमा सलहबाट आजित भइसकेको गुनासो गर्छन्, हामीले सलह भगाउने उपायबारे सचेत गराएका छौँ, रुपकले भने,‘ बिहान साँझ उड्न सक्दैन छोप्ने र मार्नेभन्दा अरु कुनै विकल्प छैन ।
’सलहले मकैबाली सखाप पार्न थालेपछि भोकमरी हुन सक्ने भन्दै किसान आत्तिन थालेका छन् । सलह किराले बालीमा अमेरिकी फौजी कीराले भन्दा बढि क्षेति गर्छ ।सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । जेठ देखि असोजसम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १ सय ५० किलोमिटर भन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पु¥याउन सक्ने विज्ञहरु बताएका छन । भारतको विभिन्न प्रान्त हुँदै नेपाल भित्रिएको सलह किरा जुम्लामा पनि पसेको छ