चन्दननाथ बाबाको सेरा ज्युलोमा छुपुछुपु कालीमार्सी धान रोपियो (फोटोफिचर )

जुम्ला :  गुरु चन्दननाथ बाबाको सेरो ज्युलोमा कालिमार्सी धान रोपिएको छ। परापूर्वकालदेखि नै चन्दननाथ भैरब नाथ गुठी समितिले जेठ १४ गते रोप्दै आएको मन्दिरको खेत यसपटक भने जेठ २४ गते रोपिएको हो ।चन्दननाथ भैरब नाथ गुठी समितिका कोषाध्यक्ष नवराज क्षेष्ठका अनुसार यस पटक पानी र विउका अभावले १४ गते हुने रोपाई २४ गते भएको हो । चन्दननाथ बाबाको सेरा ज्युलो परापूर्वकालदेखि नै मन्दिरमा अक्षता चढाउनको लागि मार्सी धान रोप्ने गरिन्छ ।


सेरा ज्युलोमा मार्सी रोपाइको लागि चन्दननाथ नमुना मावि र रत्नचुडेश्वर माबिका बिद्यार्थी र स्थानीय महिलाहरुले सयोग गरेका छन । चन्दननाथ नगरपालिका पाँचका वाडाध्यक्ष वृर्ख बाहदुर कार्कीले जिल्ला विषादीमुक्त भएको जिल्ला भएकाले विषादी निषेध गर्ने र जैविक मल उत्पादनका लागि पहल गर्ने बताए ।

उनले भने,’हामी कर्णालीवासी कृषिमा निर्भर छौँ। हामीले आयातित खाद्यान्नको भरपर्नु हुँदैन । उनले बजारमा भित्रिएको खाद्यान्नले रोगी बनाएको भन्दै महिला दिदीबहिनीलाई स्थानीय बाली उत्पादनमा जोडन आग्रह गरे । उनले भने, जुम्लामा फल्ने मार्सी धानको पहिचान बचाउन हामी सबैले हातेमालो गर्न आवश्यक छ ।


त्यस्तै सेरा ज्येलो रोप्दै गर्दा मागल गाउने , पञ्चेबाजा बजाउने गरिन्छ । जुम्लाको धार्मिक इतिहास संग जोडिएको चन्ददनाथको सेरा ज्युलो र पहिचान संग जोडिएको मार्सिधान रोप्दा मागल गाउने परम्परा रहेको कमला देवी देवकोटाले बताइन ।

त्यस्तै चन्दननाथ माबि स्कुलका शिक्षिका लक्ष्मी रावतले सेरा ज्युलो रोप्न सहयोग गर्नका लागी १ सय ५० जना छात्रा आएको बताइन । उनले भनिन,’ कक्षा नौ र दशमा अध्यायनरत्त छात्रालाई ल्याइएको हो । पत्येक वर्ष गुरु चन्दननाथ बाबाको सेरो ज्युलोमा कालिमार्सी धान सबैको सहयोगमा रोपिदै आएको छ ।

सम्बन्धित समाचार