हिमपहिरो पिडितलाई महिला अधिकार केन्द्र मुगुले दियो पाँच लाख बराबरको राहत


जुम्ला ःजुम्ला मुगुको च्यार्खु लेकको हिउँ पहिरामा परेर ज्यान गुमाएका परिवारलाई राहत दिइएको छ । गत वैशाख २२ गते मुगुको च्यार्खु लेकको हिमपहिरोमा ज्यान गुमाएका पातारासी ३ तल्फीका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको परिवारलाई ५ लाख बराबरको राहत दिइएको हो । टेवा नेपालको आर्थिक सहयोग र महिला अधिकार केन्द्र मुगुको समन्वयमा पाँच लाख बराबरको राहत प्रदान गरेको छ ।


त्यस्तै महिला अधिकार केन्द्र मुगु अध्यक्ष सुकुमाया शाहीका अनुसार तीन जना मृतकका परिवार र १२ जना घाइतेलाई राहत दिइएको छ । उनले भिनिन,’तल्फी गाउँमै पुगेर पुर्व राज्यमन्त्रि गोमा कुँवर, पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बोहोरा, उपाध्यक्ष जनमाया रोकायाको उपस्थितिमा मृतकका परिवारलाई खाद्यन्न, लत्ता कपडा र नगद हस्तान्तरण गरिएको छ ।


त्यस्तै पातारासी गाउपालिकाको तर्फबाट उपाध्यक्ष जनमाया रोकायाले संकट र विपद्को बेला पिडितको घाउमा मल्हम लगाउने टेवा नेपाल रमहिला अधिकार केन्द्र मुगुलाई आभार ब्यक्त गरिन । त्यस्तै राज्यमन्त्रि गोमा गौत्तम (कुंवरले) प्राकृतिक विपद्ले समस्यामा परेका परिवारलाई दिगो व्यवश्थापनमा सबैले ध्यान दिनुपर्ने बताइन ।उनले पाटन,जँगल र लेकमा जडिबुटि संकलन गर्दा सावधानी अपनाउन समेत उनले आग्रह गरिन । पीडित परिवारलाई खाद्यन्न ,लत्ताकपडा दश केजी दाल दुइ प्याक चामल लगातका आबश्यक राहत सहयोग गरिएको हो ।

सम्बन्धित समाचार