प्रधानमन्त्रीलाई रास्वपाको दुई दिने अल्टिमेटम, लामिछाने केहि नबोलेर बाहिरिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारमा बस्ने नबस्ने बारेमा प्रधानमन्त्रीलाई दुई दिनको अल्टिमेटम दिएको छ ।
रास्वपाले गृह मन्त्रालय आफूले पाउनुपर्ने अडान लिँदै आएको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तत्काल रास्वपालाई गृह मन्त्रालय दिन नहुने पक्षमा छन् ।

रास्वपाले उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन पनि माग गर्ने निर्णय गरेको छ । तर बैठक पछि सभापति रवि लामिछाने भने केहि नबोलेर नै बाहिरिएका थिए ।

गृह मन्त्रालय आफूले पाउनुपर्ने अडान राख्दै आएको रास्वपाले तत्काल सरकार नछाड्ने भएको हो । यसअघि गृह मन्त्रालय रास्वपाले पाएको थियो । तर, उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका पार्टी सभापति लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतको आदेशपछि सांसद र उपप्रधान तथा गृहमन्त्री पद गुमाएका थिए ।

तर, पुनः नागरिकता सक्रिय बनाएपछि लामिछानेले गृहमन्त्री बन्न लबिङ गरिरहेका छन् । तर प्रचण्डले उनलाई गृहमन्त्री नदिने अडान राखेका छन् । उसो त रास्वपाले हिजो पनि २४ घण्टे अल्टिमेटम दिएको थियो । तर आज बसेको रास्वपाको बैठकले सरकारबाट बाहिरिने निर्णय गर्न सक्ने आंकलन गरेका थिए। तर, तत्कालका लागि रास्वपाले पर्ख र हेरको नीति लिने भएको छ ।

आजको बैठकमा सरकारबाट बाहिरिनेबारे नेताहरूले मिश्रित धारणा राखेपछि रास्वपा पर्ख र हेरको स्थितिमा पुगेको हो । बैठकअघि प्रचण्ड र ओलीले लामिछानेलाई फोन गरेका थिए । उनीहरूले दुई दिनको समय दिन आग्रह गरेपछि रास्वपाले सोही अनुसार निर्णय लिएको हो ।

रास्वपाका प्रवक्ता मुकुल ढकालका अनुसार आजको बैठकमा ३९ जनाको उपस्थिति थियो । दुई दिनपछि आवश्यक परे गठबन्धनको बैठक बस्ने उनले बताए । ढकालका अनुसार पार्टीले यस विषयमा छलफल भने जारी राख्ने भएको छ ।

गृह मन्त्रालय पार्टीले पाएको हो । यसबाट पछि हट्दैन, ढकालले भने, मन्त्रीमा को पठाउने भन्ने पार्टीको निर्णय हो । उनले
दुई दिनमा पनि गृह मन्त्रालय नपाए पार्टी सरकारबाट बाहिरिन सक्ने ढकालले संकेत गरे । दुई दिनभित्र राजनीतिक इमान्दारीता देखाउनुभएन भने पार्टीले जे निर्णय पनि लिन सक्छ, ढकालले भने ।

३२ ३५ दिन गृह मन्त्रालयम बस्दा काम गरेका छौँ र योजना बनाएका छौँ । त्यै योजना खेर नजओस भनेर गृहमा दाबी हो,ु ढकालले भने, ुसत्ता सहयात्री दलहरूमा समस्या आएको हो कि भ्नेर हतारमा निर्णय नगर्न २ दिन पर्खेका हौँ । संयन्त्रको बैठक पनि बसेको छैन ।ु

प्रधानमन्त्री र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि संयन्त्रमा छलफलका लागि दुई दिन समय मागेकाले सोहीअनुसार निर्णय गरिएको ढकालले बताए । प्रधानमन्त्रीले पनि संयन्त्रम छलफल गरौँ दुई दिन कुर्नुस भन्नुभयो, ढकालले भने, राजेन्द्र लिङ्देनज्यूको पनि फोन आएको हो । कम्तीमा २ दिन कुरौँ भनेर उहाँले पनि भन्नुभएको हो । नागरिक उन्मुक्ति पार्टीसँग कुरा हुँदा पनि संयन्त्रको बैठक बसौँ २ दिन कुरौँ भन्ने कुरा आयो ।

मन्त्रालय साटेर गृह मन्त्रालय नपाए के गर्नुहुन्छ भन्ने सञ्चार्कर्मीको प्रश्नमा ढकालले राजनीतिक इमान्दारिता हुनुपर्ने बताए । राजनीति इमान्दारीता हुनुपर्छ । पद पाएर सरकारमा गएक होइनौँ । काम गर्न गएक हौँ । न्युनतम साझा कार्यक्रमको काम गर्न गएका हौँ, उनले भने ।

सभापति लामिछाने भने कुनै प्रतिक्रिया नदिइ बाहिरिएका थिए ।

सम्बन्धित समाचार