पातारासीको लासीमा नुनको डिपो स्थापना गर्न माग

जुम्ला ः जुम्लाको पातारासी गाउँपालिकाले नुनको डिपो तथा बिक्रि केन्द्र स्थापना गर्न माग गरेको छ ।पातारासी गाउपालिकाको कार्यपालिकाको बैठले नुनको डिपो स्थापना गर्न माग गर्ने  निर्णय गरिएको थियो ।पातारासी गाउपालिकाका उपाध्यक्ष जुनमाया रोकायाले नुनको डिपो स्थापना गर्न माग गरिएको निणर्य सहित प्रशासनमा पुगेको बताईन। उनका अनुसार पातारासी भौगोलिक रुपमा सदरमुकाम भन्दा टाढा रहेकोले नुुनको लागी समस्या भएको बताइन । उनले भनिन, त्यहाका नागरिकको आयस्रोत भेडा बाख्रा र गाइ भैसी हुन । उनीहरुलाई खुवाउनका लागी अन्य ठाउको भन्दा बढी नुन चाहिने भएकोले यस्तो निणर्य गरिएको हो ।
त्यस्तै संघिता पछि पनि नुन र चामलका लागी सदरमुकाम आउनु पर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष पुनसिंह बोहोराले बताए । उनले भने यसको पहलको लागी गाउपालिका लागी परेको छ ।

त्यस्तै आ.वको लागी १५०० क्वीन्टल नुनको वार्षिक कोठा सहितको डिपो माग गरिएको साल्ट टे«डिङ कर्पोरेशनका प्रमुख खगेन्द्र बहादुर मल्लले बताए । उनले भने, यस वर्ष पातारासीको लागी नुनको डिपो माग गरिको निर्णय सहित पठाइएको छ । मल्लका अनुसार अर्को वर्षको लागी स्वकृत हुने हो ।

जिल्ला प्रशासनकार्यालय मार्फत साल्ट ट्रेडिड कर्पोरेशन लिमिटेड केन्द्रिय कार्यालय कालिमारी काठमाण्डौमा मार्फत नेपाल सरकार उद्योग वाणिज्य आपूर्ति मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताए ।
त्यस्तै नुन विक्रि केन्द्र गुरुचौर जुम्लाको वार्षिक स्वीकृति कोठा एक हजार क्वीन्टल प्राप्त भएकोमा हाल सम्म ४५३ क्वीन्टल मात्र मौजात रहेकोले २ हजार क्वीन्टल थपको लागी माग गरिएको छ ।

आवको दशै र तिहारको लागी मध्यनजर गर्दै मौजात नुनको अभाव हुने भएकाले माग गरिएको जिल्ला समन्वय प्रमुख गैरी नन्द आचार्यले बताए । उनका अनुसार जुम्लाको नुनको वार्षिक कोठा २५ सय क्वीन्टल प्रप्त भएको छ । अहिले सम्म नुन ७ सय ३९.५० क्वीन्टल मात्रै मौजात रहेको छ । उक्त नुन जुम्लाको लागी अभाव हुने भएकाले एक हजार नुनको कोठा थपको लागी माग गरिएको छ । साल्ट टे«डिङ कर्पोरेशन जुम्लाका अनुसार जुम्लामा १३ सय ६७ क्वीन्टल नुन मौजात रहेको छ ।

सम्बन्धित समाचार