जुम्लाको पातारासीे चामल , नून डिपो र सडकको स्तर उन्नतीका बिषयमा ध्यानाकर्षण

जुम्ला । पातारासी गाउँपालिकाले पातारासी गाउँपालिकाको डिल्लीचौरको लासीमा चामल र नूनको डिपो राख्नु पर्ने भन्दै जिल्ला प्रशासन कार्यलय जुम्लामा ध्याकर्षण पत्र बुझाएको छ । पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीलाई बुझाउनु भएको छ ।

साथै जुम्ला सदरमुकामदेखी पातारासी र रारा जोड्ने सड्कको स्तरबृद्धि को मागका र सो क्षेत्रमा सड्क दुर्घटना बढेकाले ट्राफिक व्यवस्थापन पनि ध्याकार्षण पत्रमा उल्लेख गरेको छ ।

उपाध्यक्ष जनमाया रोकाया सहित वडाध्यक्षहरुको टोलीले प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीलाई भेटेर ध्यानाकर्षण गराएको छ । गाउँपालिकाले दिएको ध्यानाकर्षण पत्रमा भनिएको छ, जुम्ला जिल्ला हालको पातारासी गाउँपालिका साविक (डिल्लीचौर, छुमचौर, पातारासी, पटमारा) जुम्ला जिल्लाकै सबैभन्दा ठुलो भुगोल ओगटेको क्षेत्रफल, झण्डै ३३०० घरधुरी लगभग १९ हजार भन्दा बढी जनसख्या भएको चौधबिस भेग हाल पातारासी गाउँपालिका जहाँ विश्वकै अग्लो स्थानमा काली मार्सीधान फल्ने, विभिन्न जडीबुटीको भण्डार, अन्नवालीको भण्डार, जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकालाई सेतो भातको चामल सँग सिमिको दाल, तरकारी पकाउन आलु, चोतो र अन्य तरकारीलाई पकाउन खानेपानी समेत उदगम स्थल पातारासी गाउँपालिका हो ।

जुम्लाकै ठुलो निर्माण भईरहेको हाइड्रोपावर चुकेनी जलविद्युत आयोजना समेत सडक नुहुँदा ठुला मेसिनहरु लिन गाह्रै भई निर्माणधिन पुरा हुन नसकेको अवस्था रहेको जानकारी गराउदै केन्द्र देखि जिल्ला सम्म पनि यस गाउँपालिको पहुच पावर नहुदा जहाँ स्वास्थ्य, शिक्षा, संचार, सडकले पछि परेको पातारासी गाउँपालिका भएको छ । यस गाउँपालिकामा विगत दशौ वर्ष देखि समेत यहाँको सडकको स्तरवृद्धि हुन नसक्दा दजौनौ सवारी साधनहरु दुर्घटना र दर्जनौ मानिसले अकालमा ज्यान गुमाउनु परेको अवस्था झेल्दै आईरहेका छौ ।

उर्थु देखि गडीगाउँ, र जुम्ला बजार देखि उर्थु, पटमारा, नेउरीगाड, भुलभुले सम्मको सडक स्तरबृद्धि नहुदा मिति २०७९ साल माघ २ गते पातारासी उर्थु नजिक कोटाभिडमा जिप दुर्घटना हुँदा १ जनाको मुत्यू हुनुका साथै १५ जना घाइते भएको दुःखत दुर्घटना हेर्दा सडकको अवस्था खरावी, बाटो साघुरो, सिटभन्दा बढी यात्रु चढाउन बाध्यता भएको ध्यानाकर्षणमा भनिएको छ ।

ध्यानाकर्षण पत्रको विषयमा मिति २०७९।०९।२५ मा जिल्ला प्रशासन कार्यालय जुम्लामा सो पत्र पठाइएको समेत स्मरण गराउदै सम्बन्धित निकायमा आवश्यक पहल गरिदिन हुन अनुरोध गरिएको छ । यसैगरी माघ ३ गते दुर्घटना भई मृत्यूका लागि क्षेतिपुर्ति तथा घाईतेको उपचारमा थप ध्यान दिन ध्यानाकर्षणमा उल्लेख छ, पत्रमा उपाध्यक्ष जनमाया रोकायाले प्रमुख जिल्ला अधिकारी केशरीलाई बुझाउनु भएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख केशरीले जुम्ला पातारासी सड्कको बिषयमा अनुगमन गरिने बताउनुभएको छ । उहाँले ट्राफिक व्यवस्थापनका विषयमा स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने र नूनचामलको डिपो बिषयमा केन्द्रमा पहल गर्ने बताउनुभयो । गाउँपालिकाले दिएको ध्यानाकर्षणपत्रमा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, जुम्लाका प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुलाई ध्यानाकर्षण गरिएको छ ।

सम्बन्धित समाचार