तातोपानी ६ का एकल महिला र ज्येष्ठ नागरिकलाई वडासरकारको न्यानो कपडा

जुम्ला ः जुम्लाको तातोपानी गाँउपालिकाको ६को वडा कार्यालयले न्यानो बितरण कार्यक्रम गरेको छ । यतिवेला जुम्लाको न्युतम तापक्रम माइनस डिग्री सेल्सिएस छ । पुसको चिसोमा न्यानो कपडा वितरण गर्दा एकल महिला र जष्ठनागरिकलाई राहत हुने भन्दै तातोपानीको ६ वडा कार्यालयले न्यानो कपडा बितरण कार्यक्रम गरेको हो । आर्थिक रूपमा पिछडिएका वर्ग एकल महिला तथा ६० वर्ष देखी माथी उम्मेरका जेष्ठ नागरिकलाई तातोपानी ६का वडा अध्यक्ष बिशाल खड्काले न्यानो कपडा वितरण गरेका हुन ।


त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाइले चिसो समय भएकाले वडाले गरेको न्याने बितरण कार्यक्रम महत्वपुण भएको बताए । उनले भने,”आर्थिक अवस्था मकजोर भएका नागरिकका लागी यो कार्यक्रमले केही सहयोग पुग्ने छ । उनले थपे ,”जुम्लाको कठ्याङ्रिदो जाडोको समय, त्यसैमाथी बुढ्यौली उमेर र एकल महिला हरेक हिसावले कमजोर हुन्छन । यो समय बृद्ध बृद्धाका लागि अति सकसको समय हो । उनीहरुलाई यो समयमा जाडो छल्ने न्यानो ज्याकेट , टोपी गल्बन्दी र महिलालाई सुइटर दिइएको छ ।


त्यस्तै जुम्ला हिमाली क्षेत्र भएकाले लक्षित वर्गलाई सम्मान कार्यक्रम अन्तरगत्त वडा अध्यक्ष बिशाल खड्काले आफ्नो वडा भरीका एकल महिला र जेष्ठनागरिकलाई न्यानो बनाउने उद्देश्यले सम्मान स्वरुप कपडा वितरण गरिएको बताए । उनका अनुसार ६८ वर्षका ४३ जना ,६० देखी ६७ वर्षका ६० जना जेष्ठ नागरिक र २४ जना एकल महिलालाई शनिबार न्यानो कपडा बितरण गरिएको छ । उनले भने, केही एकल महिला र जेष्ठनागरिक यहा आएका छैनन । उनीहरुको लागी वडाकार्यालय संग सम्पर्क गरी दिने छ । यस वडाले १सय ३४ जनालाई न्यानो कपडा गरेको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले यो समय चिसो छल्नका लागी दिइएको न्यानो कपडा अति आबस्यक रहेको बताए । उनले भने,” वडाले यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिएको खण्डमा नागरिकलाई संघियता आएको महशुस हुने बताए । उनले थपे,” अपांगता भएका ब्यक्ति र बालवालिकाका लागी पनि यस्ता कार्यक्रम गर्न जरुरी छ ।
आर्यआर्जन मुलक कार्यक्रम गर्न एकल महिलाको माग


तातोपानी ६ वडाकी एकल महिला राजकली बिष्टले एकल महिलालाई सम्मान गर्ने कार्यक्रम राम्रो भएको बताइन । उनले भनिन , हाम्रो जिविकोपार्जनमा सहजता ल्याउनका लागी सिममुलक तालिम दिन आबश्यक छ । उनले भनिन बिभिन्न कारणले श्रीमानको मृत्यु भएपछि हामी एकाल महिलालाई घरब्यवहार चलाउन गाहे छ । हामीलाई स्थानीय सरकाले रोजगारी मुलक तालिम संञ्चालन गर्नु पर्ने बताइन । घरमा साना छोरा छोरीहरु छन उनिहरुको पालनपोषण गर्नका लागी हामीलाइ समस्या भएको छ ।

त्यस्तै तातोपाती ६ वडाकै अर्की स्थानीय महिला कला खड्काले भनिन् नेपाल सरकारले एकल महिलालाई दिने भताले छोराछोरी पढाउन र दैनिकी चलाउन सकस हुने गरेको बताइन । उनले सिलाइकटाइ , हातेहोजीहारी जस्ता उद्यमी बनाउने खालका कार्यक्र दिएको खण्डमा सहज हुने बताइन । पछिल्लो समयमा वडामा जनप्रतिनिधी आइसकेपछि नागरिकका आबश्यताका अधारमा बिभिन्न कार्यक्रम हुदै आएका छन ।

सम्बन्धित समाचार