बिपदमा खटिने सेना ,प्रहरी र शसस्त्रबललाई सम्मान

जुम्ला ः अबिरल वर्षाका कारण जुम्ला लगायत कर्णाली राजमार्ग अवरुद्ध थियो । सो राजमार्गअन्तर्गत लगभग एक सय बढी ठाउँमा बाढी र पहिरो जाँदा सडक पुर्ण रुपमा अबरुद्ध थियो । नेपाली सेना शसस्त्रप्रहरी र नेपाल प्रहरी सडक डिभिजनको सक्रियतामा दुइ सातापछि कर्णाली राजमार्ग खुलेको थियो । नेपाली सेना, सशस्त्र र जनपद प्रहरी लगायतका सरोकारवालाको सक्रियतामा पहिरो पंछाउने काम छिटोछरितो भएको भन्दै जिल्ला समन्वय समितिले सम्मान गरेको छ ।

कर्णाली राजमार्गको पहिरो पन्छाउन सडक डिभिजन कार्यालय जुम्ला नेपाली सेनाको नन्दबक्स गण जुम्ला ,नम्वर २४ सशस्त्रबल जुम्ला र जिल्ला प्रहरीकार्यालय जुम्लालाई दोसल्ला र कदरपत्र दियर सम्मान गरिएको हो ।कर्णाली राजमार्ग संञ्चालनमा ल्याउनका लागी दर्जन डोजर लगाएको थियो भने नेपाली सेनाको टोलीले चट्टान खसेको ठाउँमा विष्फोट गराएर सडक सञ्चालमा ल्याएको थियो । जुम्ला लगायतको बिभिन्न क्षेत्रको बिपदमा योग्दान पुर्याएको भन्दै,नेपाली सेनाको नन्द बक्स जुम्ला गणपती रबिन थापा, शसस्त्रप्रहरी जुम्ला एसपी चित्रङ्गगत दाहाल ,प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दलाइ्र्र दोसाल्ला र सम्मान पत्रले सम्मान गरिएको जिल्ल समन्वयन समितिका प्रमुख गौरीनन्द आर्चायले बताए ।


उनले भने ’पहिरो पहिरोले कर्णाली राजमार्ग पूरै अवरुद्ध भयो ,। प्रमुख जिल्ला अधिकारी मुकेश कुमारी केशरीको नेतृत्वमा प्रकारमहासंघ सहितको सबै टोली अनुगमन गएका थियौ । भाइतिहार जस्तो भाडपर्व नजिकिदै थियो । तर त्यो राजमार्ग तिन महिना भन्दा छिटो खुलाउन सकिन्छ जस्तो हामिलाई लागेको थिएन समन्वय प्रमुख आचार्यले भने । तर यहाको प्रशासन , प्रहरी नेपाली सेना शसस्त्रप्रहरी बलको सक्रियताले दुइ सातामै खुलेको थियो । सबै सरोकारवालाको रातदिनको सक्रियताले दुई सातामै सञ्चालनमा ल्याउन सफल भयौं । यस सेना ’ प्रहरी , सडक डिभिजनको शसस्त्रको महत्वुर्ण योग्दान रहेको थियो । उनका अनुसार बिपदको समयमा सक्रियरुपमा लाग्ने बिभिन्न निकार्यको उच्चमनोबल बढाउनका लागी सम्मान गरिएको बताए ।

नन्दबक्स गणका गणपती रबिन थापाले पहिरोले राजमार्ग अवरुद्ध हुँदा यहाका नागरिकले भोग्नु परेको समस्यालाई मध्यनजर गरी काम गरिएको बताए । उनले सेनाले कालीकोट खण्डमा मात्र १९ ठाउँमा नेपाली सेनाले कर्णाली राजमार्गमा विष्फोट गरेर चट्टान पन्छाएपछि सडक सञ्चालनमा आएको थियो । उनका अनुसार कर्णालीको ’लाइफ लाइन’ भएकाले सडकको विकल्प नहुँदा कर्णाली राजमार्ग सञ्चालनमा ल्याउन नेपाल प्रहरी, नेपाली सेना, सडक विभाग सबै फिल्डमा परिचालन थियो । यसकारण जुम्लाका नागरिक र सरोकारवाला निकायले सेनाले गरेको कामको उच्च मुल्याङकन गरेको भन्दै खुसि ब्यक्त गरे ।

 

सम्बन्धित समाचार