जुम्ली नागकिरका समस्या ध्यानको लागी काम गर्ने नर्वाचित सांसदका प्रतिबद्धता

जुम्ला ः हालै सम्पन्न निर्वाचनमा जुम्लाबाट नवनिर्वाचित प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही, प्रदेश सभा सांसद द्धोय देवेन्द्रबहादुर शाही र टेकराज पछाईले नागरिकका समस्या ध्यानमा राखेर काम गर्ने बताएका छन । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको आयोजनामा गरिएको नवनिर्वाचित सांसदलाई बधाई तथा प्रतिबद्धता कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता गरेका हुन् ।

प्रतिनिधि सभा सांसद ज्ञानेन्द्रबहादुर शाहीले भने जुम्लाका हरेक नागरिकहरुको समस्या समाधानका लागी पहल गर्ने बताए ।उनले जुम्ला देश भ्रष्टाचारले विग्रेको छ । भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि गर्न नदिने मेरो पहिरो एजेन्डा रहेको छ ।यस्तै संचार क्षेत्र विकास र पत्रकारहरुको क्षमता अभिवृद्धिमा जोड दिईने छ । उनले जुम्लाको विकासका निमित्त लागि पर्ने उनले बताए । उनले भने सडक, विजुली, टेलिफोन र कृषि तथा पर्यटन क्षेत्रलाई अघि बढाउन विशेष ध्यान दिनेछु । डोजर आतंकले बाढीपहिरोको जोखिम बढाएको छ । अनाश्वक सडक काटिएका छन् । अहिले सडकमा सवारी साधन नै सञ्चानमा छैनन् । यस्ता विकृतिलाई पनि रोक्ने छौँ । तिनै सडकका कारणले बाढीपहिरो आउदा मान्छेले ज्यान गुमाएका छन् ।

त्यस्तै प्रदेश कबाट निर्वाचित सांसद देवेन्द्रबहादुर शाहीले काँग्रेस पार्टीले अन्याय गरेपनि मतदाताले न्याय गरेर निर्वाचित भएको बताए । उनले भने,” पार्टी अन्याय गरेकै कारण स्वतन्त्र उम्मेदवारी दिनु प¥यो । अहिले जुम्लाबाट प्रतिनिधि र प्रदेश सभा गरी हामी तीन जना सांसद निर्वाचित भएका छौँ । हामी एक आपसमा समन्वय र सहकार्य गरेरै जुम्लाको विकासका लागि काम गर्ने छौँ ।

स्थानीय स्तरबाट योजना बनाएर कार्यन्वयन गर्ने छौँ । राजनीतिकलाई पेशा व्यवसाय नबनाएर सेवाका हिसावले काम गर्दै नागरिकका समस्यालाई ध्यानमा राखेर प्रथामिकरणका आधारमा अगाडी बढ्ने उनले बताए । उनले भने कृषि क्षेत्रको विकासमा विशेष जोड दिने छौँ । कृषि क्षेत्रमा उत्पादन, भण्डारण र बजारकरणलाई प्रथामिकता दिने छौँ । देश संघीय संरचनामा छ । केन्द्र, प्रदेश र स्थानीय तह गरेर तीन तहका सरकार छन् । आ आफ्ना क्षेत्रगत तहका योजनामा काम गर्ने छौँ । साना साना कनिका छराई बजेट र योजना बनाउने छैनौँ । ठुला योजना आयोजना निर्माण गर्ने छौँ ।

त्यस्तै प्रदेश सभा खबाट सांसद टेकराज पछाईले जुम्ला समृद्ध बनाउने मेरो योजना रहेको बताए । उनले भने प्रदेश (ख) तर्फ जुम्लामा ४ वटा गाउँपालिका छन् । यिनै पालिका मध्ये सवै भन्दा पछि परेको कनकासुन्दरी गाउँपालिको बुम्रमाडीचौर क्षेत्र र तिला गाउँपालिकाको राँसा मालापानी, घोडेमहादेव क्षेत्र पछाडी परेका छन् । बजेट र योजनामा यिनै क्षेत्रलाई विशेष प्रथामिकतामा राखेर काम गरिने छ ।
सिंजा उपत्यका र त्यो क्षेत्र हुदै नाग्म गमगढी सडकको स्तरबृद्धिका लागि बजेट व्यवस्थानमा जोड दिनुका साथै प्रदेश सभामा आवज उठाउने उनले प्रतिबद्धता गरेका छन् ।
त्यस्तै पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले नवनिर्वाचित सांसदलाई बधाई ज्ञापन गर्दै राम्रा कामलाई प्रसंसा गर्ने र गतल कामको विरुद्ध खबरदारी गरिने बताए । उनले नागरिकका हितमा काम गर्न सुझाउदै पत्रकारित क्षेत्रको संरक्षण र विकासमा जोड दिन आग्रह गरेका छन् ।
उनले भने पत्रकारिता क्षेत्रमा पछिल्लो समय स्टीन्जर प्रथा बढेको छ । यसलाई निरुत्साहित गर्नुपर्ने देखिएको छ । स्थानीय स्तरका विज्ञान पनि केन्द्रका मिडिया हाउसले प्रकाशन गर्ने गरेका छन् । यो नीतिगत रुपमा त्रृटि छ । यस्ता नीतिगत त्रृटिलाई सच्चाउनका लागि संसादमा आवाज उठाईदिन नवनिर्वाचित सांसदलाई आग्रह गर्दछौँ ।

 

सम्बन्धित समाचार