बालविवाह : घटना अधिक, उजुरी शुन्य

जुम्ला ःबालविवाह गैरकानूनी भए पनि उजुरी आउने गरेका छैनन ।यहा बाल क्लब पनि छन । कुनै निकायबाट बालविवाहका उजुरी दिने गरेका छैन्न ।अरूले भने उजुरी पनि गर्दैनन्। यहाका बिभिन्न संघसंगठनमा आबद्ध नागरिक अझै समाजमा रिसइबी हुने डरले उजुरी गर्दैनन । उनीहरुको सोचाइमा एउटै समाजमा बसेर छोराछोरीको भविष्य ‘बिगार्ने’ भन्ने आक्षेप आउँछ। त्यसैले पनि सहजै उजुरी गर्दैनन्।
त्यस्तै पछिल्लो समयमा बालविवाहका उजुरी नदिएपनि बालविवाह रोकिने गरेको सिजागाउपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले बताए । उनले जनप्रतिनिधि भएका कारण सिजागाउँपालिकामा सचेताना दिएको बताउछन । बाल क्लब गठन गरेर आफ्नो ५ वर्षे कार्यकालमा बालविवाह मुक्त पालिका बनाउने प्रतिबद्धता गरे । उनले बाल बिवाह रोक्नका लागि कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नु पर्ने बताए ।
त्यस्तै सानो उमेरमा विवाह गर्नाले यौन दुव्र्यहार, अशिक्षा, हिंसा, कमजोर स्वास्थ्य, प्रजनन स्वास्थ्यमा पर्नसक्ने गम्भीर खतरा, हुने सिजागाउँपालिकाकी उपाध्यक्ष सितली रोकायालेृ बताइन । उनले भनिन, बाल अधिकार हनन्, सामाजिक तथा आर्थिक रुपमा कमजोरी आदि समस्या देखा परेका छन ,।हाम्र समाजमा रहेका यस्ता कार्यले गाउपालिकाको समाग्र बिकासमा पछि पर्ने बताइन ।
बालविवाह बिरुद्ध सिजामा अन्तर पुस्ता संवाद
बालविवाह सामाजिक रोग हो । प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा क्यान नेपाल नामक संस्थाले लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियानमा बालविवाह न्युनिकरणका लागी भन्दै जुम्लाको सिजागाउँपालिकामा अन्तरपुस्ता संवाद संञ्चालन गरेको क्याडनेपालका कार्यक्रम संयोजक गिरीराज अधिकारीले बताए । उनले भने,”जुम्लामा बालविवाहको समस्या बढ्दोक्रममा छ ।यसलाई रोक्नको लागी किशोरी , स्थानीय सरकारका पदाधिकारी संग अन्तरपूस्ता संवाद राखिएको हो । उनका अनुसार जुम्लाका धेरै किशोरीहरु स्कूल पढ्ने लेख्ने उम्मेरमा प्रेम विवाह बलाबच्चा स्यारसुसार तिर लागेको देखिन्छ ।

त्यही बालविवाहले घरपरिवार चलाउनैका लागि श्रीमान् विदेशीनु पर्ने अवस्था निम्त्याएको पनि पाइन्छ । त्यस्तै यस्ता बाल बिवाह जस्स्ता गैरकानूनी कार्यलाई रोक्न किशोरीहरु पनि आफै सक्रिय हुनु सिजागाउँपालिका कि किशोरी निर्मला आचार्यले बताइन । उनले बालबालिकालाई बाविवाह बिरुद्ध अनिवार्य रुपमा पढ्ने पढाउने वातावरणको सृजना गरिनु पर्ने बताइन । बालविवाहबाट शारीरिक तथा मानसिक रुपमा पर्न सक्ने असर र क्षतिको बारेमा सवै अभिभावक तथा नावालकहरुले सचेतना पाउनु पर्ने बताइन ।
त्यस्तै नेपाली समाजमा बाल विवाह गर्ने प्रथा खास आर्यमा मात्र सीमित छैन । यो प्रथाले हिमाल पहाड तराई र सुदूरपश्चिमका दलित समुदायलाई गहिरो प्रभाव पारेको देखिन्छ ।

सम्बन्धित समाचार