दिदी सासूलाई बलात्कार गरेको आरोपमा ज्वाइँ पक्राउ

सल्यान : ५२ वर्षीया दिदी सासूलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय एक ज्वाइँ पक्राउ गरेको छ। कपुरकोट गाउँपालिका-५ रीम निवासी एक ज्वाइँ सासूलाई घरमा कोही नभएको मौका पारी बलात्कार गरेको आरोपमा ज्वाइँ नाता पर्ने युवक बुधबार पक्राउ परेको इलाका प्रहरी कार्यालय लुहामका इन्चार्ज नरबहादुर खड्काले जानकारी दिए।

मंगलबार दिउँसो घरमा कोही नभएको मौका छोपी माइतीमा बस्दै आएकी यी महिलालाई बलात्कार गरेको गाउँका महिलाले देखेपछि पीडितका आफन्तलाई खबर गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।पीडितको स्वास्थ्य परीक्षण बुधबार जिल्ला अस्पताल सल्यानमा गरिएको छ।

annpurna