यी हुन नेपालका निर्माणाधीन स्मार्टसीटी

सुर्खेत,१६ साउन
सरकारले पूर्व पश्चिम मध्यपहाडी लोकमार्गमा १२ वटा नयाँ शहर विकास गर्दैछ । नयाँ शहरको काम गर्ने योजना २०६५/०६६ देखि नै बनेको हो । तर अघिल्लो वर्षदेखि मात्र नयाँ शहरमा केही काम सुरु भएको छ ।
पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रे, बाग्लुङको बुर्तिवाङ, रुकुम पश्चिमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटनलाई नयाँ शहरका रुपमा विकास गर्न लागिएको हो ।
अघिल्लो वर्षदेखि यी नयाँ शहरमा काम पनि सुरु भएको नयाँ शहर आयोजना समन्वय कार्यालयले जनाएको छ । मध्यपहाडी लोकमार्गमै पछि थप भएका सुर्खेतको भेरीगंगा र प्यूठानको भिंग्रीमा पनि शहर बस्दैछ । धमाधम काम हुने हो भने अबको १० देखि १२ वर्षभित्र मध्यपहाडी लोकमार्गमा मात्रै १२ वटा नयाँ शहर बन्नेछन् ।








