बिप्लव कार्यकर्ताद्धारा ११ वटा एनसेलका टावरमा आगजनी

साउन,१६
सुदूरपश्चिम प्रदेशका ११ वटा एनसेल टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको छ । ११ वटा टावरमा एकैपटक आगजनी भएपछि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा एनसेलको टेलिफोन सेवा पूर्णरुपमा अबरुद्ध भएको छ । बैतडी, बझाङ्, डडेल्धुरा, अछाम, डोटी र कैलालीका बिभिन्न ठाउँमा गरी ११ ठाउमा एनसेलको टावरमा आगजनी तथा तोडफोड हुँदा एनसेल फोनको सेवा अबरुद्ध भएको हो । कैलालीमा चार, बझाङमा तीन, अछाम, डोटी, बैतडी र डडेल्धुराका एक एक टावरमा आगजनी भएको हो । डडेल्धुरामा रहेको काफलिगाडमा रहेको सुदूरपश्चिमको सबैभन्दा ठूलो टावरमा आगजनी र तोडफोड गरिएसँगै एनसेलको फोन सेवा अबरुद्ध भएको हो ।