महोत्तरी–१ मा माओवादीका गिरिराजमणिलाई हराउँदै महतो निर्वाचित

काठमाडौं । महोत्तरी–१ मा नेकपा एमालेका लक्ष्मी महतो निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले २४ हजार ४ सय एक मत ल्याएर विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेले २३ हजार ३ सय ७० मत ल्याएका छन् । महतोले एक हजार ३१ मतान्तरले विजयी भएका छन् ।

त्यसैगरी महोत्तरी–१ (१) प्रदेशसभा क्षेत्रमा एमालेकै शारदा थापा आठ हजार दुई सय ४५ मत प्राप्त गरी विजयी भएका छन् ।

थापाका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका पिताम्वर महतोले सात हजार पाँच सय ८५ मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार