ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडा विजयी

काठमाडौं । ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा विजयी भएका छन् । उनले लनेकपा एमालेका यज्ञराज सुनुवारलाई पराजित गरेका हुन् ।

खतिवडाले ३३ हजार ५५६ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका यज्ञराज सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरे।
खतिवडा र सुनुवारको मतान्तर ६ हजार ८१८ रह्यो।

प्रदेशसभा सदस्यतर्फ पनि सत्ता गठबन्धनले जित निकालेको छ। प्रदेशसभा ‘क’ मा कांग्रेसकै प्रदीप सुनुवार र ‘ख’ मा माओवादी केन्द्रका बाबुराम गौतम विजयी भएका छन्।

सम्बन्धित समाचार