जुम्ला (क) स्वतन्त्र उम्मेदवार शाही ९हजार ६ सय मत ल्याएर बिजयी


जुम्ला प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवारी दिएका देवेन्द्र बहादुर शाही निर्वाचित भएका छन् ।उनले नेपाली काँग्रेसका कर्णाली प्रदेश सभापती तथा गठबन्धनका साँझा उम्मेदवारी ललितजङ शाहीलाई कुल खसेको मत २४ हजार. ६ सय ५५ मा ९ हजार ६ सय ५४ मतले बिजयी भएका हुन ।

उनका निकटतम नेपाली काँग्रेसका कर्णाली प्रदेश सभापती शाहीले .७ हजार ७ सय ५५मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । नेपाली काँग्रेसका प्रदेश सभाती समेत रहेका ललितजङ शाहीलाई माओवादीको र नेकपा एकिकृत समाजबादी पाटीको साथ रहँदा पनि पराजित बनेका छन ।

त्यस्तै जुम्ला प्रदेश (१) बाट निर्वाचित सांसद देवेन्द्रबहादुर शाही चन्दननाथ नगरपालिका १० वारकोटेबाडा निवासी हुन् । ६० बर्षका शाहीले जुम्लाको कर्णाली प्राविधिक शिक्षावाट प्राविधिक शिक्षा हाशिल गरेर सिटिईभिटीमा नोकरी गर्दै वि.सं २०४६ सालमा जनमोर्चामा आवद्ध थिए ।नेपाली कांग्रेस जुम्लाका पूर्वसभापति स्वर्गिय मानव सेजुवालका स्कुले साथी भएकाले २०५६ सालमा प्रजातान्त्रिक कांग्रेसमा आवद्ध भएका थिए । शाहीले जिल्ला कोषाध्यक्ष हुदै १२ औ र १४ औ महाधिवेशनमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि भएका थिए । उनले वि.सं २०७४ सालमा बाम गठवन्धन हुदा नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा उम्मेदवारी समेत दिएका थिए ।

सम्बन्धित समाचार