माथिल्लो डोल्पाको निर्वाचनमा खटिएका १ सय ३५ कर्मचारी अलपत्र

जुम्ला ः माथिल्लो डोल्पामा प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा खटिएका कर्मचारी अलपत्र परेका छन् । मतदान कार्य सम्पन्नपछि हेलिकप्टरले मतपेटिका लिय पछि चुनावमा खटिएका कर्मचारी अलपत्र परेका हुन् । मतपेटीका हेलिकप्टरले लिएको र कर्मचारी नलिय पछि उनीहरु अलपत्र परेका छन ।
माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धमा पर्ने २२ मतदान केन्द्रमध्ये १२ मतदान केन्द्रका १ सय ३५ कर्मचारी अलपत्र परेको जनाएको छ ।

माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिका १ कोवासस्थित सहिद दशरथचन्द आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी कमल बोहोराले चिसोका कारण पाँच कर्मचारी बिरामी परेको बताए । कर्मचारीलाई चिसोका साथै खान र बस्न पनि समस्याका भएको छ,” उनले भने, “समयमै सदरमुकाम दुनै नझारिए धेरै कर्मचारी बिरामी हुने खतरा बढेको छ । उनीहरुलाई टाउको दुख्ने, वाक्वाकी लाग्ने र सास फेर्न गाह्रो भएको बोहोराले बताए । उनले भने हिडेर जाने सक्ने अवस्था छैन । पाँच हजार मिटर अग्ला हिमाल छन् ।
उनका अनुसार चुनावका लागि खटिएका दुई महिलासहित ४३ कर्मचारी, ४४ प्रहरी र ४८ जना म्यादी प्रहरी मंसिर १ गतेदेखि चिसोमै थुनिएर बस्न बाध्य हुनुपरेको छ ।
त्यस्तै डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले डोल्पाका बाँकी मतपेटिका र १० जना कर्मचारीलाई हेलिकोप्टरबाट सारेपश्चात् बाँकी कर्मचारी ल्याउने भनिएपनि हुम्ला प्रदेश ‘ख’ मा १३६ मतपेटिका सार्न गएकोले माथिल्लो डोल्पामा रहेका कर्मचारीहरुको उद्धार हुन नसकेको हो । त्यसको लागि पहल भइरहेको उनले बताए । हेलिकोप्टरबाट उद्धार गर्न आग्रह गरिएको छ । उनका अनुसार मंसिर ४ गतेको निर्वाचनका लागि उनीहरुलाई हेलिकोप्टरमै ती मतदान केन्द्रमा पुर्याइएको थियो । कर्मचारीको उद्धार गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले निर्वाचन आयोग नेपाललाई आग्रह गरेको छ ।

सम्पन्न निर्वाचनका लागि डोल्पामा ५ सय ११ कर्मचारी खटिएका थिए,” उनले भने, २२ केन्द्रमा खटिएका मध्ये तल्लो क्षेत्रका केही कर्मचारी आएपनि १२ मतदान केन्द्रमा खटिएका १ सय ३५ कर्मचारी थुनिएका छन् । बुधबार विहिन हेलिकोप्टरले तीन मतदान केन्द्रको मतपेटिकासहित १० कर्मचारीको उद्धार गरेको छ ।

चिसो पनि बढ्दै गएको र उक्त क्षेत्रमा हिउँ परेकोले केही कर्मचारी बिरामी भएको खबर आएकोले उनीहरुको छिटो उद्धार गर्नुपर्ने अवस्था भएको उनको भनाई छ । कर्मचारीको जीवन सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको भन्दै उनले प्रमुख निर्वाचन आयुक्तलाई जतिसक्दो चाँडो उद्धार गर्न आग्रह गरेको बताए । उनका अनुसार माथिल्लो डोल्पाबाट कर्मचारी आउन नसके मतगणनामा जनशक्तिको अभाव समेत भएको छ ।

 

सम्बन्धित समाचार