धरानमा प्रचण्डले दिए मुक्सामहाङलाई मन्त्री बनाउने आश्वासन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुक्सामहाङ मेन्याङ्बोलाई मन्त्री बनाउने आश्वासन दिएका छन् ।

सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मुक्सामहाङलाई धराने जनताले जिताए मन्त्री बनाउने आश्वासन दिएका प्रचण्डले हर्क साम्पाङको अभियानको प्रसंसा झिकेका थिए । झण्डै १० मिनेटको भाषणमा प्रचण्डले खानेपानी समस्या समाधानका लागि धराने मेयर हर्क साम्पाङको प्रशंसा गरेका हुन् ।

चुनावी भाषणमा कांग्रेसलाई फकाउन गिरिजाप्रसाद कोइरालाको स्मरण प्रचण्डले गरेका थिए । लोकतन्त्र स्थापना र शान्ति सम्झौतामा गिरिजाप्रसाद कोइरालासँग सहकार्य गरेको भन्दै प्रचण्डले कांग्रेससँगको गठबन्धनको निरन्तरता न्यूनतम १५ वर्षसम्म चल्ने बताए ।

सुनसरीको क्षेत्र नम्बर १ मा एमालेले जसपा नेता अशोककुमार राईलाई समर्थन गरेको छ भने माओवादीका उम्मेदवार मेन्येङ्बोलाई कांग्रेसको साथ छ ।

सम्बन्धित समाचार