इतिहासको पानामा खोज्नु पर्ने राजतन्त्र बोकेर जुम्लामा ज्ञानेन्द्रले कति भोट पाउलान ?

जुम्ला ः गणतन्त्र नेपालमा राजतन्त्रको वकालत गर्ने पार्टी हो राप्रपा ।यो पार्टी अहिलेपनि राजतन्त्र चाहिन्छ भन्दै आएको छ । नेपालमा १० बर्षे जनयुद्ध र १९ दिन जनआन्दोलनले राजतन्त्रलाई इतिहासको पानामा थन्काएको पनि १४ बर्ष भइसकेको छ ।
तर राप्रपा भने इतिहासको पानामा आन्दोलनबाट थन्काएको राजतन्त्र चाहिन्छ भन्दै आफ्नो प्रमुख एजेण्डा बनाउदै आएको छ । यो पार्टीले गणतन्त्र नेपालमा परिवर्तनका धेरै कुरा स्वीकादैन । तर पनि यहि गणतन्त्र नेपालमा चुनावमा भने भाग लिदै आएको छ ।
यो पार्टीका प्रवक्ता छन् केहि समय सामाजिक अभियन्ताको नाममा युट्युमा भाइरल बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) । यी शाही पनि यो देशमा परिवर्तनका एजेण्डा मन पराउदैनन् । त्यहि भएर यीनको पनि राजनीतिक छहारी बन्यो राप्रपा । भनौ इतिहासलाई उल्टो दिशामा फर्काउन चाहने पार्टी राप्रपा ज्ञानबहादुर शाहीको छहारी बनेको छ ।

यी शाही अहिले जुम्लामा प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । सामाजिक सञ्जालमा युवा पुस्तालेउनको चर्चा गरेको देखिन्छ । तर इतिहासको गर्तमा धकेलिएको राजतन्त्र काधमा बोकेर वर्तमानको रोमाञ्चकारी यात्रामा रमाइरहेका छन् ज्ञानबहादु ।
ज्ञानबहादुरलाई न चुनावको ज्ञान छ न त चुनाव लडेको अनुभव छ । त्यसैमा उनले बोकेको विचार अग्रगमन होइन घोर पश्चगामी छ । युवा ज्ञानबहादुले बोकेको बुढो विचारलाई जुम्लाले अनुमोदन नगर्ने कुरा अघिल्लो निर्वाचन र अझ भनौ स्थानीय तहको निर्वाचन हेरे पुग्छ । विगतका निर्वाचनमा राप्रपालेएक हजार मत पार गर्न सकेन ।तर पनि युवा जोशका शाहीले प्रतिनिधि सभाको चुनावमा हामफालेका छन् । चुनावमा हाममात्र फालेका छैनन् आक्रामक तरिकाले चुनावी प्रचारप्रसारमा लागेका छन् ।

तर उनले जुम्लाको १ हजारको मतले ३६ हजार ३ सय ५९ मत भएको गठबन्धनसंग प्रतिस्पर्धा गरिरहेको छ । अझ आम जुम्लाबासीको लागि चासोको विषय बनेको छ । उनको प्रचार शैली र अरुलाई गर्ने अभद्र टिकाटिप्पणी । उनले यो चुनाव जित्ने बताए पनि जुम्लाको उनको पार्टीको मत एक हजार पनि छैन । उनको लोकप्रियाताले सत्तागठबन्धनसंग पौठेजोरी खेलेपनि जित्ने आाधार नरहेको सार्वजनिक स्थानमा बहसको विषय बनेको छ ।

राप्रपा पार्टीबाट टिकट ल्यायर निर्वाचनमा दौडिरहेका शाही आफ्नो चुनाब चिन्ह हलो देखाउदै घरदैलो अभियानमा छन । तर उनी राप्रपाका पार्टी प्रवत्ता समेत हुन तर चुनावी अभियानमा राप्रपाको र पनि उच्चारण गदैनन् । पार्टीको नाम कुनै कार्यक्रममा उच्चारण गदैनन् । झण्डा कुनैपनि कार्यक्रममा देखाएका छैनन ।

जुम्ला बजारको एक चिया पसलमा आज बिहान एक युवा मतदाताले भने आफ्नो पार्टीको नाम र झण्डा लुकारए मत माग्ने ज्ञानेन्द्र शाहीले जितेपछि हाम्रो काम गर्ला भन्ने कल्पना पनि गर्न सकिदैन ।
ती युवाले भने,‘जितेमा अर्थमन्त्री बन्छु भन्छन् । यति सम्म जनतालाई ढाँट्दै छन् कि यीनको पार्टी देशभरी जिते ३ सिट जित्ला अनि यीलाई कसले अर्थमन्त्री बनाउछ ।यहाँ आएर अर्थमन्त्री बन्छु भन्दै प्रचार गरेका छन् । अहिले त यति झुट बोलेर भोट माग्दै छन् । जितेमा कति झुट बोल्नान् ।’

देशभरी सामाजिक अभियन्ता बनेर हिडेका शाही जुम्लामा भने यो भन्दा पहिला खासै नदेखिएका स्थानीय बताउछन् ।
चुनावको समयमा उनी खस भाषा बोल्दै भोट मागेपनि उनले जुम्लाको लागि यो बीचमा केहि पनि काम नगरेको स्थानीयको आरोप छ ।
उनकोे प्रचारशैली नै मोहि माग्ने ढुङग्रो लुकाउने शैलीको भएको भन्दै जुम्लामा चर्चा हुने गरेको छ । भोट माग्न जहाँ गएपनी राप्रपाको नामसम्म उच्चारण गदैनन् । जुन पार्टीबाट टिकट पाएका हुन त्यहि पार्टीको नाम लिन पनि उनी हिचकिचाउछन् । कहि कतै स्वर निकाल्दैनन राप्रपाको ।
जिल्ला भरी ज्ञानेन्द्र शाही जिताउ अभियानबाट उनले आफ्नो हलो चिन्ह देखाएर प्रचार गरीरहेका छन् । राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) भन्छन ,‘जुम्लाले राष्ट्रको नेतृत्व गर्नुपर्छ । आजसम्म जति नेतृत्व पठाए पनि राष्ट्रको नेतृत्व गर्ने सक्ने कोही नदेखिएकाले मेरो उम्मेदवारी हो ।’
जुम्लाको प्रतिनिधिसभाको निर्वाचनमा पाँचजनाको उम्मेदवारी परे पनि नेकपा (माओवादी केन्द्र)बाट बागी उम्मेदवार डा.कलबहादुर रोकायाको उम्मेदवारी निष्कृय बनेपछि चार जनाबीच प्रतिस्पर्धा हुनेभएको छ ।

वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) की पोलिट्ब्युरो सदस्य गोमा कुँवर, नेकपा एमालेका उम्मेदवार रतननाथ योगीबीच मुख्य प्रतिस्पर्धा हुने राजनीति विश्लेषक बताउछन् ।
उनीहरु दुवैजनाको लागि नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले र राप्रकाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) चुनौती दिनसक्ने उम्मेदवारहरू हुन ।स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को गाउँपालिका अध्यक्षको प्राप्त मत जोड्दा ३६ हजार ३सय ५९ मत छ । तर एकीकृत समाजवादीको एक हिस्सा नेकपा (एमाले)मा फर्किएकाले मत घट्नसक्ने अनुमान रहेको छ।
विगतका चुनावी नतिजा
जुम्लामा वि.सं २०४८ सालमा नेमकिपाबाट डिल्लीबहादुर महत, २०५१ सालमा नेमकिपाकै भक्तबहादुर रोकाया, २०५६ सालमा एमालेबाट देविलाल थापा, वि.सं २०६४ सालमा तत्कालीन नेकपा (माओवादी)बाट नरेश भण्डारी, २०७० सालमा नेपाली कांग्रेसका ललितजंग शाही र २०७४ सालमा माओवादी र एमाले गठबन्धनबाट माओवादीका गजेन्द्रबहादुर महत प्रतिनिधिसभाका सांसद भएका थिए
गठबन्धन
उम्मेदवार कुँवर २०७० सालमा समानुपातिक सांसद तथा पशुपंक्षी राज्यमन्त्री समेत भएकी थिइन । उनी कर्णालीको गठबन्धन दलबाट प्रत्यक्ष तर्फको एकमात्रै महिला उम्मेदवार हुन । गठबन्धनका उम्मेदवार गोमा कुँवर भन्छिन‘मैले संविधान बनाउने अवसर पाएँ । यस पटक मेरो उम्मेदवारी संविधानमा भएका तमाम व्यवस्था कार्यान्वयन गर्ने, जुम्लामा अधुरा र केही अत्यावश्यक विकास भएको छैन त्यो पुरा गर्नुछ । हिजो संविधान सिध्याउने हर्कत केपी ओलीले गरेकाले गठबन्धन वनेको थियो अव स्थिरताको लागि गठबन्धन हो ।’
एमाले
नेकपा (एमाले)ले नेता रतननाथ योगीलाई प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनाएको छ । एमालेको स्थानीय तहमा अध्यक्षको मत ८हजार १सय ९१ रहेको छ । योगी भन्छन , ‘हामी गठबन्धनका विरुद्धमा मत माग्छौ । मत जति भए पनि विचारमा छौं । मेरो उम्मेदवारी हचुवा भरमा नभई जुम्लाको विकासको गुरुयोजना बनाएर संसदमा छिर्ने हो । व्यवस्था र पद्धतिमा विकास गर्ने हो ।’
नेमकिपा
जुम्ला प्रतिनिसिभाको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्ले मैदानमा छ । उनी नेमकिपाको तर्फबाट संविधानसभा सदस्य समेत थिए ।काफ्ले भन्छन,‘मेरो उम्मेदवारी सम्पूर्ण जनतालाई रोजगारी सृजना गर्ने, स्थानीय उत्पादन र प्राकृतिक स्रोतलाई उपयोग गरेर युवालाई रोजगार दिने, नीति बनाउनका लागि हो । नेपाली जनताको शिक्षा, स्वास्थ्य निशुल्क, बाढीपहिरो पीडितका लागि नीतिगत सुनिश्चितता, राष्ट्रियताको रक्षाको लागि मेरो उम्मेदवारी हो ।’

\
जुम्लामा वि.सं २०४८ साल र २०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा नेमकिपाले विजय हासिल गरेको थियो । नेमकिपाका धेरै नेता कार्यकर्ता अन्य दलहरुमा समाहित हुँदा नेमकिपा कमजोर हुँदै गएको हो । तर, राष्ट्रियताको सवालमा, वैचारिक रुपमा स्थिर भएकाले जनताले मत दिने काफ्लेको भनाइ छ ।

 

सम्बन्धित समाचार