कर्णाली बिकासको लागी गठबन्धनलाई भोट दिनुहोस ः प्रचण्ड

जुम्ला ः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा गठबन्धलाई भोट दिन अनुरोध गरे । उनले कर्णालीको बिकासकोलागी गठबन्धनले जित्न आबश्यक रहेको बताए । उनले आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा दुई वटा विचार र सिद्धान्तबीच आमनेसामने भएको बताए ।

चुनावीसभा सम्बोधन गर्न जुम्ला पुगेका उनले गठबन्धन संविधान, गणतन्त्र, समावेशी र समानुपातिक गणतन्त्रका पक्षमा खडा भएको बताएका हुन ।उनले संविधान तथा गणतन्त्रका पक्षमा उभिने र त्यसलाई स्वीकार नगर्नेकाबीचमा निर्वाचनमा संघर्ष हुने बताए। उनले भने, ’दुई वटा विचार, प्रवृत्ति, संस्कृतिका बीचमा आमनेसामने हुँदै छ।

संविधानको संरक्षणका साथै संघीयता र समानुपातिक प्रतिनिधित्वका पक्षमा आफूहरूको गठबन्धन रहेको उनको भनाइ थियो। अध्यक्ष दाहालले परिवर्तन र अग्रगमनका पक्षधर र त्यसको विरोधीका बीचमा मंसिर ४ गते संग्राम हुने बताए । उनले जुम्लाका आम जन्तालाई जुम्ला लगायत कर्णाली बिकासको लागी प्रतिगमनकारीलाई बिधाइ र गठबन्धनलाई बिजयी गर्न अनुरोध गरे ।
उनले प्रत्येक निर्वाचन कुनै पनि राजनीतिक विषयमा केन्द्रित हुने गरेको तथ्य पेस गर्दै अग्रगमन र परिवर्तनका पक्षमा उभिने कि नउभिने भन्नेबारेमा आगामी निर्वाचन केन्द्रित भएको दाबी गरे ।

उनले भने, ’विगतमा संविधान मिच्ने, प्रतिनिधिसभा विघटन गर्ने दुष्प्रयास गरियो। त्यसका विरूद्ध हाम्रो गठबन्ध संगै उभिएकोृ बताए ं। संघर्षका बीचमा गठबन्धन बनेको हो। सानो मेहनत र सानो कसरतबाट यो गठबन्धन जन्मेको होइन। त्यसकारण गठबन्धनका उम्मेदवारलाई विजयी गराउनु आजको आवश्यकता हो।\

त्यस्तै नेपालमा शान्ति प्रक्रिया सुरू गरेको र १२ बुँदे समझदारीका सहयात्री काँग्रेसनै भएको बताउदै हामी एकै ठाउँमा यो निर्वाचन जित्ने उद्देश्यका लागि मात्रै नभएको बताए।नेपाली जनताले प्राप्त गरेको अधिकारलाई थप स्थापित गर्न र आर्थिक समृद्धिको चाहना पूरा गर्न पनि केन्द्रित रहेको उनको भनाइ छ।

उनले तत्कालीन एमालेको नेतृत्वमा माधवकुमार नेपाल नै भएकाले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको जानकारी दिँदै अध्यक्ष दाहालले भने, ’परिवर्तन, प्रगति, स्थिरता चाहने शक्ति एक ठाउँमा उभिएको र अर्कोतर्फ निरंकुशता र सामन्तवादतर्फ लैजान चाहने शक्ति उभिएका छौं। यो स्वाभाविक र प्राकृतिक छ।’ विगतदेखिकै स्वाभाविक सहयात्री एक ठाउँमा उभिएको जानकारी दिँदै उनले सानातिना खुद्रा कुरामा अड्किएर राष्ट्रिय हितलाई पर सार्न नमिल्ने बताए। उनले गठनबन्धनको बिजयी गराउनुहोस । कर्णालीको अर्गानिक उत्पादनको प्रबोधन ,सिजा सभ्यता नेपालको गौरब हो । यसको लागी सखसभ्यता प्रतिष्ठान , निमार्ण गर्ने बताए । उनले निरणकुष्ताबादीलाई बिदाइ गर्नुहोस कर्णालीको प्रर्यटनको बिकास गर्ने प्रतिबद्धता गरे । उनले थपे अहिले जुम्लाले डाक्टर उत्पादन गरेर देशभर पठाउने कुरा सबैको गौरब बनेको दाबी गरे ।
प्रचण्डले जुम्लामा चिच्याइ रहेका राजतन्त्रका प्रेत आत्माहरुको भ्रममा नपर्न जन्तालाई आग्रह गरे । सामन्तबादीलाई प्रकाष्त गर्न गरुरी रहेको छ ।
त्यस्तै नेपाली काँग्रेसका केन्द्रीय उपसभापती पुर्ण बहादुर खड्काले राजनीतिक आन्दोलनसँगै आर्थिक परिवर्तन, क्रान्ति र सुशासन कायम गर्नुपर्ने र जनताको जीवनमा आर्थिक समृद्धिको यात्रा सुरू गर्नुपर्नेमा साझा धारणा सहित गठबन्धन रहेको बताए। उनले ‘स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने मूल नाराका साथ गठबन्धन चुनावी मैदानमा होमिएको बताए ।

उनले कर्णालीको विकासलाई गति दिने एक अठोटका साथ जनतामा गयौं भने नेपाली जनताले पुनः भरोसा प्रदान गर्ने स्पष्ट पारे। भोट माग्न आएको बताए । उनले गठबन्धनले उम्मेदवार बनाएका सबै उम्मेदवारलाई आफ्नै उम्मेदवार ठानेर मतदान गर्न र विजयी गराउन नेपाली काँग्रेसका आम कार्याकर्तालाई आग्रह पनि गरे। उनले कुनै पनि दुविधा नराखी स्वाभाविक सहयात्री र गठबन्धनका उम्मेदवारलाई विजयी गराउने उद्देश्यका साथ जनताको घरदैलोमा जान समेत आग्रह गरे।

सम्बन्धित समाचार